नगर प्रमुखमा देशभरबाट ८ प्रतिशत मात्रै महिला उम्मेदवार
सोमबार, २५ वैशाख २०७४, २० : १०
काठमाडौं, बैशाख २५– आगामी बैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि देशभरका नगरपालिकाको प्रमुखमा ८ प्रतिशत महिलाको उम्मेदवारी परेको छ ।
३ वटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनमा वैशाख १९ गते उम्मेदवारी दर्ता गराई बैशाख २२ गते उम्मेदवारी फिर्ता लिएपछि उम्मेदवारहरुको सङ्ख्या ४९ हजार ३३७ कायम छ ।
ती मध्ये पुरुष उम्मेदवारको सङ्ख्या ३० हजार ५ र महिला उम्मेदवारको संख्या १९ हजार ३३२ रहेको निर्वाचन आयोगले जनाएको छ । कुल उम्मेदवारको ३९.१८४ प्रतिशत महिला रहेका छन् भने पुरुष उम्मेदवार ६०.८२ प्रतिशत रहेका छन् ।
अहिलेसम्मकै निर्वाचन मध्ये सबैभन्दा बढी महिला उम्मेदवार रहे पनि देशभरका नगरपालिकाको प्रमुखमा भने महिलाको उम्मेदवारी १५७ जना अर्थात ८. ३५ प्रतिशत रहेको छ । नगरप्रमुखमा पुरुषको भने १७ सय २३ अर्थात ९१.६५ प्रतिशत उम्मेदवारी छ ।
नगर उपप्रमुख तथा उपाध्यक्षमा पुरुष १८.५७ प्रतिशत (२५७), महिला ८१.४३ प्रतिशत (११२७) वडाध्यक्षमा पुरुष ९५.८३ प्रतिशत (१०२९६) महिला ४.१७ प्रतिशत (४४८) जना रहेका छन् ।
यसैगरी, वडा सदस्य २ जनाका लागि पुरुष ९४.७१ प्रतिशत (१७७२९) महिला ५.२९ प्रतिशत (९५१), महिला वडा सदस्य ९०८३, दलित महिला वडा सदस्यमा ७५२६ जनाको उम्मेदवारी कायम रहेको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार राजनीतिक दलहरुले उम्मेदवारी मनोनयन गराउँदा नगरप्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्ष मध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै, वडा सदस्य पदका लागि ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण