नसा च्यापिएमा यस्तो हुन्छ असर
बुधबार, २७ वैशाख २०७४, १२ : १४
गोमा थापा फिजियोथेरापिस्ट अर्थोपेडिक अस्पताल, जोरपाटी
मानिसको नसा च्यापियो भने शरीरमा असह्य पीडा हुन्छ । यसको असर खुट्टा र पिँडुलातिर पनि देखिन्छ । नसा च्यापिएको असरले गर्दा पिँडुला पोल्ने, बाउँडिने, ढाड तथा कम्मर दुख्नुका साथै जटिल समस्या देखिने हुन्छ । त्यस्तै, लामो समयसम्म एकै ठाउँमा बस्न कठिनाइ हुने, कुनै ठाउँमा धेरै बेर बसेर उठ्दा पीडा हुने, हातखुट्टा झमझमाउने, शरीर गह्रौँ हुने, शरीरको एउटा भाग लाटो हुने, पोल्ने, दुख्ने समस्या निम्तिन्छ ।
नसा च्यापिनुका कारण
मान्छेको मेरुदण्ड कमजोर छ भने पनि नसा छिटो च्यापिने हुन्छ ।
जटिल र कठिन काम गर्ने, क्षमताभन्दा बढी तौलका सामान उचाल्ने मानिसलाई पनि नसा च्यापिने समस्या हुन सक्छ ।
मानिसले सही आसनमा बस्न नजानेको अवस्थामा पनि नसा च्यापिन सक्छ ।
गर्भवती अवस्थामा खानपिन र प्रसव पीडाका कारण शरीरमा आवश्यकताभन्दा बढी दबाब दिएमा यस्तो समस्या निम्तिन्छ ।
कुनै मानिसलाई गम्भीर प्रकारको हड्डी खिइने समस्या भएको अवस्थामा नसामा समस्या हुन्छ ।
हात, खुट्टा भाँचिए वा बाउँडिएको अवस्थामा र हड्डी सर्ने समस्या भएमा नसा च्यापिन सक्छ ।
उमेर बढ्दै जाँदा नसा च्यापिने समस्याले सताउन सक्छ ।
अस्वाभाविक जीवनशैलीको कारणले गर्दा पनि मानिसलाई नसा च्यापिने समस्या हुन्छ ।
समस्याबाट कसरी जोगिने ?
मानिसले दैनिक जीवनमा उठ्दा, बस्दा र हिँडडुल गर्दा विशेष सतर्कता अपनाउनुपर्छ ।
स्वस्थकर र पौष्टिक खानेकुरामा जोड दिनु फाइदाजनक हुन्छ ।
कुर्सीमा बस्दा सीधा र अडेस लगाएर बस्ने बानीको विकास गर्नुपर्छ ।
बस्दा खुट्टाले टेकेर बस्नु राम्रो हुन्छ ।
उठ्दा र बस्दा मेरुदण्डलाई सीधा बनाएर बस्नुपर्छ ।
शरीरले थेग्नेभन्दा बढी सामान बोक्नु हुँदैन ।
शारीरिक व्यायाम गर्दा कम्मर सड्किने गरी गर्नु हुँदैन ।
हड्डी खिइने समस्या भएका व्यक्तिले खानपिन र व्यायाममा विशेष ध्यान दिनुपर्छ ।
शरीरमा ज्यादा दखल दिने क्रियाकलाप गर्नु हुँदैन । त्यसैगरी, जीवनशैली र रहनसहनमा केही परिवर्तन गर्नुपर्छ ।
यसरी उपचार गर्ने
नसामा समस्या देखिएमा त्यसलाई ठीक पार्ने पहिलो उपाय भनेको फिजियोथेरापी नै हो । औषधिको काम भनेको त दुखाइ कम गर्ने मात्र हो ।
व्यायाममार्फत दबाब सिर्जना गरेर पनि नसा च्यापिएको ठीक पार्न सकिन्छ ।
अप्रेसन, सुई, औषधि जेसुकै प्रयोग गरे पनि नसाको समस्या भएका बिरामीको उत्कृष्ट र प्रभावकारी उपचार विधि भनेको फिजियोथेरापी उपचार पद्धति नै हो ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण