गहना छनोट गर्दा के कुरामा ध्यान दिने ?
बुधबार, २७ वैशाख २०७४, १२ : १९
घनश्याम रिजाल उपाध्यक्ष, नेपाल सुन–चाँदी कला व्यवसायी संघ
अहिले विवाहको समय चलिरहेकाले धेरैको दैनिकी विभिन्न पार्टी तथा भोजहरूमा नै बित्ने गरेको छ । यस्ता जमघट तथा पार्टीमा ड्रेसअप, मेकअपसँगै सजिएर जान विशेष गरेर महिलालाई नभइनहुने अर्को सामग्री हो, गहना । सधैँ पार्टीमा जानका लागि फरक–फरक मोडेलका गहना खरिद गर्न पनि सकिँदैन । त्यसैले गहना खरिद गर्नुअघि बजारमा चलिरहेको डिजाइन र ट्रेन्डका बारेमा जान्न जरुरी हुन्छ । आफ्नो आवश्यकता, बजेट तथा ड्रेसअपअनुसार कस्तो गहना उपयुक्त हुन्छ, विचार पुर्याउनुपर्छ । गहना छनोट गर्दा ध्यान दिनुपर्ने विषयका बारेमा नेपाल सुन–चाँदी कला व्यवसायी संघका उपाध्यक्ष घनश्याम रिजालका सुझाब यस्ता छन् :
पहिलोपटक गहना खरिद गर्दै हुनुहुन्छ भने अनुभवको कमीले आफ्नो चाहनाअनुसारको नपाइन पनि सक्छ । त्यसैले महँगो र धेरै गहना छनोट गर्नुभन्दा सस्तो र थोरै परिमाणमा मात्र खरिद गर्नु राम्रो हुन्छ । यसो गरे तपाईंले सही तरिकाले गहना खरिद गर्नुभएन भने पनि धेरै चिन्ता वा दुःख हुँदैन ।
सुन र हिराको गहनाभन्दा पनि अहिले चाँदीका गहना ट्रेन्डमा छ । तुलानात्मक रूपमा सस्तो पनि हुने तथा हरेक ड्रेसमा सजिलै चाँदीका गहना म्याच पनि हुन्छ । चाँदीका गहनालाई तपाईंले आफ्नो डिजाइनअनुसार बनाउन पनि सक्नुहुन्छ ।
गहनामा प्रयोग हुने पत्थरले महिलालाई निकै आकर्षित गर्छ । तर, जेम्स कति सक्कली हो, त्यसको पहिचान गर्न जो–कोहीलाई गाह्रो हुन्छ । यदि तपाईं पनि पत्थरयुक्त गहना खरिद गर्ने सोचमा हुनुहुन्छ भने विश्वासिलो व्यवसायीकहा“ मात्र जानुहोस् । अन्यथा, तपाईंलाई विभिन्न नामका जेम्स भनेर झुक्याएर साधारण पत्थर पनि दिन सक्छन् । त्यसैले विश्वासिलो व्यवसायीसँग मात्र खरिद गर्दा केही समस्या पर्यो भने पनि त्यसको समाधान गर्न सजिलो हुन्छ ।
केही सस्तो पाइयो भन्दैमा गहना खरिद गरिहाल्नु पनि हुँदैन । व्यवसायीले किन सस्तो मूल्यमा दिँदै छ, सावधान हुन आवश्यक छ । कतिपय व्यवसायीले चोरीको माल पनि बिक्री गरेको हुन सक्छ । यसले तपाईंलाई अनावश्यक दुःख वा झन्झट व्यहोर्नुपर्ने हुन सक्छ । त्यसैले गहनाको खरिद–बिक्रीमा सक्कली बिल, सर्टिफिकेटका साथै अन्य जरुरी जानकारी लिन भुल्नु हुँदैन ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण