स्वस्थ रहन वर्षमा एकपटक लामो उपवास
बुधबार, २७ वैशाख २०७४, १२ : २३
डा. दिनेशप्रसाद बराल सोहम योग तथा प्राकृतिक चिकित्सा केन्द्र, लोकन्थली
हरेक व्यक्ति स्वस्थ जीवन जिउन चाहन्छ । स्वस्थ रहन प्राकृतिक चिकित्साका विभिन्न विधिमध्ये एक महत्वपूर्ण पद्धति हो, उपवास चिकित्सा । उपवास चिकित्सा सामान्तया छोटो, मध्यम र लामो गरी तीन प्रकारमा विभाजन गरिएको छ । लामो उपवास भन्नाले सातदेखि १५ दिन वा त्योभन्दा बढी दिन गरिने उपवास हो । मानिसको उमेर, शारीरिक अवस्था, रोगको प्रकृति आदिमा उपवास कति बस्ने भन्ने भर पर्छ । वैदिक कालमा मानिस प्राकृतिक खानपान, उचित निद्रा, उचित व्यायामका कारण प्रायः स्वस्थ नै रहन्थे । यदि केही कमी कमजोरी आएमा उपवास चिकित्सा गरेर पूर्णतः स्वस्थ रहन्थे । उपवासले सम्पूर्ण शरीरलाई पुनर्ताजगी र ऊर्जामय बनाउँछ । लामो उपवासमा बिस्तारै शरीरमा जम्मा भएका विकारहरू निष्कासन हुनुका साथै शरीर शुद्धीकरण हुन्छ र ऊर्जा प्राप्त हुन्छ । शरीरका विभिन्न अंग मिर्गौला, सानो आन्द्रा, ठूलो आन्द्रा, छाला, फोक्सो आदिले पूर्ण कार्य गर्न पाउँछन् । रगतमा हुने चिल्लो तथा अनावश्यक पदार्थ निष्कासन गर्न मद्दत गर्छ र रगत शुद्धीकरण भई शरीरमा अक्सिजनको मात्रा प्रशस्त हुन्छ । सामान्य रोगहरू छ भने पनि हराएर जान्छन् र पुनर्ताजगी पैदा हुन्छ । जसको कारण रोगसँग लड्न प्रतिरक्षा प्रणाली मजबुत हुन्छ । लामो उपवास गर्नुअघि एक–दुईपटक छोटो तथा मध्यम उपवास गर्नु उपयुक्त हुन्छ । यसो गर्दा शारीरिक तथा मानसिक रूपले पूर्ण तयार हुँदा बढी लाभ पुग्छ ।
विधि
उपवास बस्नुभन्दा अगाडि आफू १५ दिनको लामो उपवास बस्दै छु र यसबाट धेरै लाभ प्राप्त गर्नेछु भनी दृढ संकल्प गर्नुपर्छ ।
लामो उपवास बस्ने अघिल्लो रातबाट नै रसाहारमा रहने ।
लामो उपवासमा शुद्ध पानी र गाह्रो भएमा महपानीसमेत समय–समयमा आवश्यकताअनुसार दुई–तीन घन्टाको फरकमा पिउन सकिन्छ ।
उपवास समयमा बिहान शोधनको उपचार गर्ने, दिउँसो आराम गर्ने ।
उपवासको समयमा सामान्य हिँडडुल गर्न तथा पुस्तक अध्ययन गर्न सकिन्छ, तर बल पर्ने काम तथा अभ्यास नगर्ने ।
प्राकृतिक ठाउँहरू मौसमअनुसार बिहान, साँझ हिँडडुल गर्ने । प्राणायाम तथा ध्यान गर्ने ।
फाइदा
उपवासबाट शरीरमा पुनर्ताजगी पैदा हुन्छ, जसका कारण शरीरका हरेक अंगले प्राकृतिक रूपमा काम गर्न सक्छन् ।
पाचन प्रणाली सक्रिय बनाउनुका साथै उच्च रक्तचाप, मुटु बढी धड्कने समस्या निको पार्न मद्दत गर्छ ।
मोटोपन तथा शरीरको अनावश्यक बोसोलाई घटाउँछ ।
स्नायु प्रणालीलाई सक्रिय बनाउँछ ।
फोक्सो, कलेजो तथा मिर्गौलाजस्ता अंगको कार्यक्षमता बढाउँछ ।
स्वस्थ व्यक्तिले पनि एक वर्षमा एकपटक मध्यम उपवास गरेमा स्वस्थ एवं दीर्घायु रहन सकिन्छ ।
रक्तसञ्चार क्रियालाई सक्रिय बनाउनुका साथै रगतमा हुने कोलेस्ट्रोल कम गर्छ ।
छालाको कार्यक्षमता वृद्धि गर्नुका साथै छालालाई चम्किलो बनाउँछ ।
सावधानी
प्राकृतिक चिकित्सको निगरानीमा मात्र गर्ने ।
कमजोरी महसुस भएमा प्राकृतिक चिकित्सकको परामर्शमा अमिलो नहुने जातका फलफूलको ताजा रस पिउन दिने ।
उपवासको १५ दिन पूरा गरेपछि तोड्दा फलफूलको शुद्ध ताजा जुस, फलफूल खाँदै बिस्तारै दालको रस, तरकारीको सुप पिउने । त्यसपछि जाउलो, दलियाजस्ता खाना खाँदै सात दिनपछि मात्र पूर्ण भोजनमा प्रवेश गर्ने ।
उपवास सुरु गरेपछि अमिलो पानी आउने छाती पोल्ने हुन सक्छ । त्यस्तो समय एनिमा, मनतातो कटिस्नानजस्ता शरीर शोधनका उपचार दिने ।
उपवास सुरु गरेको दिनमा कुजल पनि दिन सकिन्छ । जसको कारण पेट पोलेको ठीक हुन्छ ।
गर्भवती महिला, डाइबेटिजका बिरामी, निम्न रक्तचाप भएकाहरू र कमजोरीपन हुनेले उपवास गर्नु हुँदैन ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण