DOCTOR : शरीर झम्झमाउँछ यस्तो हुन सक्छ कारण
बिहीबार, २८ वैशाख २०७४, ११ : १८
डा. केदार सेन्चुरी जनरल फिजिसियन
हातगोडालगायत शरीरका विभिन्न भाग झम्झमाउने समस्या छ ? बसाइको आसन नमिल्दा कहिलेकाहीँ सामान्य अवस्थामा पनि झम्झमाउन सक्छ । तर, धेरै नै झम्झमाउने समस्या छ भने खेलाँची नगर्नुहोस् । यो समस्या विभिन्न कारणले हुन सक्छ । फिजिसियन डा. केदार सेन्चुरीले शरीर झम्झमाउने कारणहरु बताएका छन्:
नसामा आघात
शरीरको कुनै पनि नसामा केही कारणले आघात पुगेमा, हड्डी खिइएमा हातखुट्टा या शरीर झम्झमाउँछ । आघात पुगेको नसादेखि तल्लो भागको सूचना मस्तिष्कमा नपुग्ने भएकाले झम्झमाउँछ । घुँडाको नसामा आघात पुगेमा घुँडा र सोभन्दा तलको भाग निदाउने हुन्छ । दुईवटा हड्डी जोड्ने नसामा समस्या हुँदा पनि यस्तो समस्या देखिन्छ । विशेषगरी नसा तन्किएमा, च्यापिएमा, चोटपटक लाग्दा त्योभन्दा मुनिको भागमा समस्या देखिन्छ । हात, गोडा, ढाड, घाँटीलगायत कुनै स्थानको नसा च्यापिएमा पनि झम्झमाउने या निदाउने समस्या हुन्छ । यस्तो समस्या विशेष गरी ढाडको हाडले नसा च्यापिँदा हुन्छ ।
विभिन्न रोग
मधुमेह, थाइराइड, युरिक एसिड, बाथलगायत रोगका कारण पनि शरीर झम्झमाउने समस्या हुन्छ । शरीरमा चिनीको मात्रा नियन्त्रण गर्न सकिएन भने हात र खुट्टामा वा हात र खुट्टाका औँलामा जाने स्नायुतन्त्रमा क्षति हुन्छ र स्नायुमा सूचना जान पाउँदैन । थाइराइड बढ्दा या घट्दा नसा असन्तुलित भई पोल्ने, झम्झमाउने समस्या हुन्छ । विशेष गरी हाइपोथाइराइड (थाइराइड उत्पादनमा कमी) हुँदा थकाइ लाग्ने, झम्झमाउने समस्या हुने गर्दछ । युरिकएसिडका कारण नसामा अनावश्यक फोहोरजन्य संक्रमण जम्न गई स्नायुतन्त्रमा खराब गरी झम्झमाउने समस्या निम्त्याउँछ । यस्तै बाथको रोग छ भने पनि शरीर झम्झमाउने गर्छ । बाथले नसामा रहेको प्रतिरोधात्मक तत्वलाई नष्ट गरिदिन्छ । खासगरी शरीरका बढी सक्रिय रहने विभिन्न जोर्नीमा रहेका नसाहरूको सो तत्व काम नलाग्ने बनाउँदै लैजान्छ ।
पोषणको कमी
शरीरमा पोषणको कमी भएमा हातखुट्टा झम्झमाउने हुन्छ । पोषणको कमी हँुदा नसामा रहने सेललाई चाहिने आवश्यक तत्व प्राप्त हँुदैन जसले गर्दा नसाले सहज तरिकाले काम गर्दैन । विशेष गरी भिटामिन डी १, डी ६, डी १२ को कमीले गर्दा झम्झमाउने समस्या हुन्छ । साथै, आवश्यक मात्रामा क्याल्सियम, आयोडिनजस्ता तत्वको कमीले पनि यो समस्या हुन्छ ।
कीटनाशक औषधि
कीटनाशक औषधि प्रयोग गरिएको सागसब्जी या फलफूलकोे सेवनले पनि हातखुट्टा झम्झमाउने समस्या हुनसक्छ । कीटनाशक औषधिले स्लो प्वाइजनको काम गरिरहेको हुन्छ । जसले गर्दा दिमाग, मिर्गौला र कलेजोलाई प्रत्यक्ष र अप्रत्यक्ष असर गरिरहेको हुन्छ । दिमागको सम्बन्ध सबै अंगसँग हुने हुँदा सुरुमा थाहा नभए तापनि लामो समयको सेवनले स्नायुमा असर गर्नसक्छ र शरीर नै झमझमाउने समस्या हुन जान्छ ।
पिउने पानी
पिउने पानीमा आवश्यक तत्वहरूको घटीबढीले पनि हातखुट्टा झम्झमाउने समस्या हुन्छ । पानीमा हुने मिनरल्स, फोस्फोरस, क्याल्सियम, सोडियम, आर्सेनिकको सन्तुलन भएन भने त्यसले नसामा असर गर्छ । हाम्रो देशका तराई क्षेत्रका मानिसमा नसाको समस्या बढी देखिनु पनि त्यहाँ हुने अत्यधिक मात्रामा आर्सेनिकको कारण हो ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण