यात्रु बस दुर्घटनामा दुईको मृत्यु, ३५ घाइते
बिहीबार, २८ वैशाख २०७४, १५ : ४२
चौतारा, २८ वैशाख । काठमाडौँबाट दोलखातर्फ गइरहेको बा३ख ५०५६ नंको यात्रु बस आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अन्य ३५ जना घाइते भएका छन् ।
दुर्घटनामा दोलखा जिल्ला लामीडाँडा–४ निवासी ७० वर्षीय मुक्तिनाथ घिमिरे र उनकी श्रीमती ६५ वर्षीया रत्नकुमारी घिमिरेको घटनास्थलमा मृत्यु भएको जिप्रका, सिन्धुपाल्चोकले जानकारी दिएको छ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाअन्तर्गत खाडीचौरको तीनकिलो भन्ने स्थानमा अपराह्न बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको र चालक फरार रहेको प्रहरीले बताएको छ । घाइतेको खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचार भइरहेको छ भने नौजनालाई राजधानी पठाइएको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण