बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

औषधी पसलेहरु भागाभाग : ६ वटा पसलमा लाग्यो ताला (फोटोफिचर)

शुक्रबार, २९ वैशाख २०७४, ०९ : ३३
शुक्रबार, २९ वैशाख २०७४
-रामभरोसि यादब सिरहा, २९ बैशाख - सिरहा पूर्वाञ्चल औषधी व्यवस्था विभाग, विराटनगर र स्थानीय प्रशासन सहितको अनुगमन टोलीले सिरहाको गोलबजारका ६ वटा औषधी पसलहरुमा सिल गरेका छन् । टोलीले ११ वटामा पसलहरुमा अनुगमन गरेको थियो । जसमध्येय ६ वटा पसलमा ताला लगाइएको छ । सिल भएका पसल, गोलबजार नपा ६ का, मुकेश मेडीको (माँ धमिनी अस्पताल परिसरमा संचालित) कुशवाहा मेडिको मनिक मेडिकलहल गोलजबार नपा ७ चोहर्वाका, जय माँ कालिका मेडिको रञ्जित औषधी पसल सत्यनाम एग्रोभेट सप्र्लायर्स (पाँच कार्टुन औषधी समेत बरामद) तीन फरक जवाफ 'सत्यनाम एग्रोभेट सप्र्लायर्स'को बारेमा बुझ्न खोज्दा फरक-फरक जवाफ आएको छ । 'सधैं खुल्ने  औषधी पसल अनुगमन टोली आएपछि सञ्चालकले पसल बन्द गरेर गए ।' –स्थानीय बासिन्दा 'संचालकको मृत्यु भएकाले चार महिनाबाट पसल बन्द बन्द छ ।' –हस्पीटलका कर्मचारी 'भर्खरै पसलको सटर झारेर गएका हुन् ।' –स्थानीय व्यवसायी पसलको विषयमा फरक फरक जवाफ आएपछि टोलीले ताला लगाएको अनुगमन टोलीसँगै आएका औषधी व्यवस्था विभागका फेर्मेसी अधिकृत विजय कार्कीले बताए । अर्को सुचना नहुन्जेलसम्मको लागि पसल बन्द गरिएको उनले बताए । पसलेहरु फरार आनन्द मेडीको सञ्चालक पनि अनुमगन टोली आएको थाहा पाएपछि बन्द गरेर भागेक थिए । विभागका कर्मचारीले पसल विभागमा दर्ता भए नभएको र म्याद सकिएको र पसलमा वेच्न नपाइने औषधीहरुको अनुगमन गरेको जनाएको छ । गोलबजारमा अनुगमन टोली आएको जानकारीपछि गोलबजारका नामी औषधी पसलहरु पनि बन्द थिए । गोलबजार ६ का आकाशगंगा पोलि क्लिनिक, मेडिको, नुरी मेडिकल हल, सौगात मेडिको लागाएत बन्द गरिएको थियो । किन सिल गरियो ? अनुगमन टोलीले विना इजाजत संचालनमा रहेको औषधी पसलमा शिल गरेको हो । टोलीका फार्मेसी अधिकृत कार्कीले सवै पसलेहरु कानुनको दायरामा आउनु पर्ने बताए । अनुगमनको क्रममा गैर कानुनी ढंगले संचालन गरेको औषधी पसलहरुलाई कार्वाही गरी नियमन गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिएको छ । गोलबजारमा मात्र एक सय पचासभन्दा बढी औषधी पसल, क्लिनिक, पोली क्लिनिक छन् । यस अघि लहानमा पनि बुधबार अनुगमन टोलीले औषधी पसलको अनुगमन गरेको थियो । लहानमा पनि टोलीले एक दर्जनभन्दा बढी औषधी पसल शिल गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप