न्याय माग्दै खेतको बीचमै अनशन
ताप्लेजुङ, २९ वैशाख । लेनदेनको विषयमा आफू ठगिएको दाबीसहित सामाजिक न्याय खोज्दै ताप्लेजुङको फुङ्लिङ नगरपालिका–२ का नवीन गुरागार्इं आमरण अनशनमा बसेका छन् ।
लेनदेन कारोबारमा आफू ठगिएको र कानुनीरुपमा समेत पछि परेकाले सामाजिक न्याय खोज्दै अनशनमा बसेको गुरागार्इंले बताएका छन् । उनी बुधबारदेखि खेतको बीचमा रहेको काभ्राको रूखमुनि अनशनमा बसेका हुन् ।
अनशनरत गुरागार्इंका अनुसार सोही वडाका रामप्रसाद बरालबाट उनले केही वर्षअघि रु दुई लाख ऋण लिएर बीचमा रु एक लाख ५० हजार बुझाएका थिए । ऋण लिँदा गरिएको कागज च्यातेका थिएनन् । बारम्बार कारोबार हुने र नाताले पनि बराल परिवार मावली ससुराली पर्ने भएकाले कागज नच्यातेको उनले बताए ।
सदरमुकाम नै बसेर व्यापार गर्ने गुरागार्इंलाई व्यापार घाटा लागेपछि तिर्न बाँकी रु ५० हजार बुझाउन सकेनन् । अरू साहुको समेत धेरै ऋण लागेपछि सदरमुकाम छोडेर राजधानीतिर गएर बसे । त्यही बीचमा बरालले रु दुई लाखको कागजका आधारमा अदालतमा मुद्दा हाले । अदालतले पनि उनको पक्षमा पैmसला ग¥यो । बरालले रु ५० हजारमा १४ रोपनी खेत लगे । तर तत्कालीन मूल्यका आधारमा थोरै पैसामा धेरै जग्गा गुम्यो भन्दै गुरागाईंले बराललाई सामाजिकरुपमा न्याय गर्न अनुरोध गरे ।
अनुरोध गर्दा बरालले पर्खनुहोस् सबै जग्गा भोगचलन गर्दिन भनेको तर अहिलेसम्म पनि केही नलागेपछि समाजसँग न्याय माग्दै अनशनमा बस्नु परेको गुरागाईंले बताएका छन् । उनले रु ५० हजारमा १४ रोपनी जग्गा लगेको दाबी गरेका छन् ।
अहिलेको चलनचल्तीअनुसार सोही ठाउँको जग्गा प्रतिरोपनी रु दुई लाख पर्छ । धेरै साहुको ऋणमा परेका गुरागार्इंले अहिलेको मूल्यअनुसार उक्त जग्गा र आफूसँग बाँकी रहेको जग्गासमेत बेचेर वा जग्गा नै दिएर भएपनि साहुको ऋण तिर्ने प्रस्ताव गरेका छन् । ऋणकै कारण पुख्र्यौली सम्पत्ति सकिएकाले आफू समस्यामा परेर अनसन बस्नुपरेको उनले बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण