पहिलो चरणको चुनावमा राष्ट्रपति र तीन मन्त्री देशबाहिर
काठमाडाैं, बैशाख २९–झण्डै २० बर्षपछि त्तब्हुन गइरहेको स्थानीय निर्वाचनका वेला मुलुकका राष्ट्रध्यक्षदेखि केही मन्त्रीहरु भने स्वदेशमा नहुने भएका छन् ।
यहि बैशाख ३१ गते हुने स्थानीय निर्वाचनका बेला राष्ट्रपति विद्यादेवी भण्डारी र सरकारका तीन मन्त्री देशबाहिर हुने भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसहिहत तीनै जना मन्त्रीहरु आजै विदेश जादैछन् । राष्ट्रपति भण्डारी मतदान गर्ने दिन बैशाख ३१ श्रीलंकामा हुनेछिन् भने मन्त्रीहरु चीनमा हुनेछन् ।
यद्यपी उनीहरु निर्वाचन छल्न भने विदेश जान लागेका हैनन् । राष्ट्रपति भण्डारी शुक्रबार बुद्धपुर्णिमाका अवसरमा श्रीलंकामा हुने कार्यक्रममा त्यसतर्फ लाग्दै छिन् ।
आइतबार श्रीलंकाको क्याण्डीमा हुने संयुक्त राष्ट्रसंघीय भेसाक सम्मेलनको समापन समारोहलाई प्रमुख अतिथिका रुपमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै क्याण्डीस्थित बुद्ध मनिदरमा पुजाअर्चना गर्ने कार्यक्रम समेत रहेको छ । यो सन् १९८० पछि नेपालका राष्ट्रध्यक्षको औपचारिक श्रीलंका भ्रमण हुन लागेको हो । उनी थाइल्याण्ड हुदै श्रीलंका जान लागेकी हुन् । राष्ट्रपति भण्डारी श्रीलंका पुग्नुअघि शनिवार थाइल्यान्डको बैंककस्थित ग्राण्ड प्यालेसमा दिवंगत थाइ नरेश भुमिबोल अदुल्यादेजप्रति श्रद्धान्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासहित सञ्चारमन्त्री सुरेन्द्र कार्की र भौतिक योजना मन्त्री रमेश लेखक पनि शुक्रबारै चीन भ्रमणमा जाँदैछन् ।
आइतबार र सोमबार चीनले आयोजना गर्न लागेको बेल्ट एण्ड रोड शिखर सम्मेलनमा सहभागि हुन मन्त्री महरा, कार्की र लेखक चीन भ्रमणमा जान लागेका हुन् । चीन भ्रमणका अवसरमार मन्त्री महराले चिनियाँ उपप्रधानमन्त्री वाङ याङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण