आचारसंहिताविपरित महेश बस्नेतले गराए भक्तपुरमा सडक कालोपत्रे
शुक्रबार, २९ वैशाख २०७४, १० : ४२
काठमाडौ, बैशाख २९ –स्थानीय तहको निर्वाचनका लागि मतदान सुरु हुनु भन्दा दुई दिन अघि निर्वाचन आचार संहिता उलंघन गर्दै भक्तपुरको गुण्डुमा सडक कालोपत्रे गरिएको छ ।
सुर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा पुर्व उद्योगमन्त्री महेश वस्नेतको रोहवरमा सडक कालोपत्रे गरिएको हो ।
स्थानियले निर्वाचनको मुखमा नै पुर्वगाविस अध्ययक्ष समेत रहेका वस्नेतले एमालेको प्रभाव देखाउन सडक पिच गरेको भन्दै आचारसंहिता उल्लघन भएको आरोप लगाएका छन् ।
लामो समयसम्म पीच हुन नसकेको सडक निर्वाचनको मुखमा आएर पिच गर्नु आचार संहिता उल्लघन गरेको स्थानीय दिपेन्द्र बुढाथोकीको भनाइ छ ।
निर्वाचन आचार सहिंताको परिक्षेद ३ को १ मा नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहले वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका बाहेक नयाँ नीति, योजना तथा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न, सञ्चालन गर्न र सो प्रयोजनका लागि जनशक्ति तथा स्रंोत साधनको परिचालन गर्न वा गराउन नपाईने उल्लेख छ ।
गुण्डुमा भने निर्वाचनको २ दिन अगाडी प्रहरी प्रशासन र महेस वस्नेतको प्रत्यक्ष सहभागितामा पिच भईरहेको हो । तर, बस्नेतले भने नेपाल सरकारको बजेट खर्च गरेकाले आचारसंहिता उल्लंघन नभएको बताएका छन् ।
गुण्डुको सो सडक स्तरउन्नती गर्नका लागि वस्नेत उद्योग मन्त्री भएको समयमा निर्णय भएको भिआईपी सडक अन्र्तरगत पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण