भूकम्पले क्षति पुगेको खानेपनीको मुहान पुनर्निर्माण
चुरामणि अर्याल
कपिलवस्तु ,वैशाख २९–२०७२ साल वैशाख १२ गते आएको भुकम्पले क्षति पु-याएको कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालीका वडा नं. ९ पडरियाको खानेपानीको मुहान २ वर्ष पछि पुर्ननिर्माण भई घरका धारामा पुनह पानी आउन थालेपछि स्थानीय हर्षित भएका छन ।
भुकम्पका कारण खानेपानीको मुहान संगै ७०० मिटर पाईप पुरीएपछि यस क्षेत्रका २८० घरपरिवार विगत २ वर्षदेखि स्वच्छ खानेपानी पिउनबाट बन्चीत भएका थिए । जिल्ला भुसंरक्षण कार्यालय रुपन्देहि तथा स्थानिय सरेपानी समुदायिक वनको करिब २ लाख ५० हजारको आर्थिक सहयोगमा प्हिलाको मुहानदेखी २ किलोमिटर टाढा डोहोटे चिदी खोलामा नया इन्टेक बाँध बाध्नुका साथै करिब ७०० मिटर पाईप मर्मत गरी सवैको घरघरमा पानी ल्याउन सफल भएको भलवाड खानेपानी उपभोत्ता समितिका अध्यक्ष विन्द्र वहादुर गुरुङले जानकारी दिए । स्थानीय सरेपानी सामुदायिक वनका अध्यक्ष गिर वहादुर गुरुङले खुसी हुदै भने —“बस्तिदेखी ७ किलोमिटर टाढाँ अर्घाखाँचीको बसेरी भन्ने ठाँउदेखी ल्याइएको खानेपानी भुकम्पका कारण मुहानमा क्षतिपुगेपछि अब स्वच्छ खानेपानी पिउन नपाईने चिन्ता थियो तर यतिवेला सवैको घरघरमा पानी आउन थालको छ हामी खुसी छौ ” एडिबि र जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय कपिलवस्तुको सहयोगमा २०६६ सालमा ५१ लाखको लागतमा निर्माण भएको भलवाड खानेपानी आयोजनाको खानेपानीको मुहानमा बनाइएको इन्टेक बाँध तथा ७०० मिटर पाईप भुकम्पका कारण पुर्णरुपमा भत्कीएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण