‘बाहुवली’ प्रभासले अब एउटा चलचित्रको ५० करोड लिने, तर खानहरुभन्दा धेरै पछि
मूम्बई, वैशाख २९ – बाहुबलीको दोस्रो संस्करणको अपरा सफलता पछि चलचित्रका निर्माताहरुको बैंक ब्यालेन्समा सयौँ करोड थपिएको छ । तर, यस चलचित्रबाट फाइदा लिने उनीहरुमात्र एक्लो होइनन् ।
चलचत्रिका सदस्य तथा कलाकारहरुले आगामी चलचित्रको लागि आफ्नो पारिश्रमिकमा बृद्धि गरेका छन् ।
गत अप्रिल २८ मा रिलिज भएको चलचित्रले विश्वभर १ हजार करोडभन्दा बढी कमाई गरिसकेको छ ।
भारतीय सञ्चारमाध्यममा प्रकाशित रिपोर्टका अनुसार बाहुबलीका लागि २५ करोड भारु पाएका प्रभासले आगामी चलचित्रका लागि ३० करोड भारतीय रुपैयाँ माग गरेका छन् ।
उनले साहो नामक चलचित्रको चाँडै सुटिङ गर्दैछन् । यो सन् २०१८ मा रिलिज हुनेछ ।
तेलेगु चलचित्रमा प्रभासको यो पारिश्रमिकको कसैले प्रतिस्पर्धा गर्न नसकेपनि बलिउडका खानहरुभन्दा निकै पछि रहेका छन् ।
बलिउडका अहिलेका राजा मानिएका सलमान खान एउटा चलचित्रको ६० करोड भारु लिन्छन् भन्ने अमिर खान पनि प्रत्येक चलचित्रको ५५ देखि ६० करोड भारु लिन्छन् ।
त्यस्तै शाहरुख खान एउटा चलचित्र खेले बापत ४० देखि ४५ करोड पाउँछन् भने ऋतिक पनि त्यतिमै चलचित्रमा अनुबन्ध हुने गरेका छन् ।
अक्षय कुमार पनि यो सूचीमा अघि छन् । उनले ४० करोडसम्म पारिश्रमिक लिन्छन् ।
अजय देवगनले ३५ करोड भारु पारिश्रमिक लिन्छन् भने रणवीर कपुर २५ करोड भारुको माग गर्छन् ।
अमिताभ बच्चनले भने प्रत्येक चलचित्रको १८ देखि २० करोड भारु पाउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण