किन पर्छ जुम्रा ?
शुक्रबार, २९ वैशाख २०७४, १२ : २६
सविना भट्टराई छालारोग विशेषज्ञ केएमसी अस्पताल
मानिसको शरीरमा तीन प्रकारका जुम्रा पर्छन् । कपाल, जिउ र गुप्तांगमा फरक–फरक प्रकारका जुम्रा पर्छन् । जुम्रा परेपछि जिउ तथा टाउको चिलाएर अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । विशेषगरी महिलाको कपाल लामो र बाक्लो हुने कारण जुम्राको समस्या धेरै हुन सक्छ । जुम्रा पर्ने समस्या र त्यसबाट बच्ने उपायबारे छालारोग विशेषज्ञ सविना भट्टराईका सुझाब यस्ता छन् :
बाक्लो कपालमा बस्न मन पराउने जुम्राले विशेषगरी कन्पारा, गर्दनको साइडमा असर पुर्याउन सक्छ । जुम्राले टोकेर धेरै चिलाएमा या कन्याउँदा छालामा संक्रमण हुनसक्छ । यसले कपाल गाँठो पर्ने, घाउ हुने तथा गनाउने समस्या हुन सक्छ । केटीहरूको कपाल लामो हुने भएकाले जुम्रा धेरै पर्छ ।
लिखा कपालको जरामा टाँसिएको छ भने संक्रमण भएको मान्नुपर्छ । कपालको जरातिर लिखा आएको छ भने पुरानो संक्रमण भएको बुझ्नुपर्छ । यसले छालालाई बढी असर पुर्याउन सक्छ ।
कपालमा परेको जुम्राबाट छुटकारा पाउने औषधि बजारमा पाइन्छ । हप्तामा एकपटक औषधि लगाउँदा जुम्रा मासिन्छ । तर, कपाल सुख्खा बनाएर मात्रै औषधि लगाउनुपर्छ । औषधि लगाएर आधा घन्टा सुकाएपछि मात्रै नुहाउनुपर्छ ।
जुम्रा एक प्रकारको परजीवी हो, जुन सजिलै एउटाबाट अरूमा सर्छ । परिवारमा कसैलाई जुम्रा परेको छ भने अन्यलाई पनि सर्न सक्छ । त्यसैले जुम्राको उपचार परिवारका सबै सदस्यले एकैपटक गर्नु राम्रो हुन्छ ।
औषधिको प्रयोगले जुम्रा नष्ट भए पनि लिखा भने नुहाएर जाँदैन । त्यसैले बाँसको काँइयो या हातकै माध्यमले फाल्नुपर्छ ।
जिउमा चाहिँ नियमित रूपमा लामो समय एउटै कपडा प्रयोग गर्दा जुम्रा पर्न सक्छ । लुगाभन्दा बाहिर जुम्रा नबस्ने भएकाले संक्रमितले लगाएको लुगा नै फेर्नु उपयुक्त मानिन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण