औषधि व्यवसायीको आन्दोलन : मुखमा कालोपट्टी बाँधेर विभागमा प्रदर्शन
काठमाडौ, बैशाख २९– औषधि आयातमा सरकारले लगाएको प्रतिबन्ध फुकुवाको माग गर्दै औषधी आयातकर्ताहरुले मुखमा कालो पट्टी बाँधेर विरोध प्रर्दशन गरेका छन् । नेपाल औषधि आयातकर्ता संघको आव्हानमा व्यवसायीहरुले शुक्रबार औषधी व्यवस्था विभागमा पुगी मुखमा कालो पट्टी बाँधेर विरोध जनाएका हुन् । सरकारले विभिन्न ३५ प्रकारका गुणस्तरीय औषधिको आयातमा रोक लगाउने घातक निर्णय गरेको, स्वास्थ्यमन्त्री गगन थापाले मुनाफाको कुरा उठाएर आफुहरुलाई बद्नाम बनाउन खोजेको औषधी आयातकर्ता संघका महासचिव पवन आचार्यले बताए । व्यवसायीले औषधी सर्वसुलभ गराउन आफुहरु लचक भएपनि सरकारले औषधी आयातमा रोक लगाएको दाबी समेत गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गरी औषधि आयातकर्ताहरुको संगठन नेपाल औषधि आयातकर्ता संघले सरकारी निर्णय खारेजीको माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो । घोषित कार्यक्रम अन्र्तगत व्यवसायीले मुखमा कालो पट्टी बाँधेर शुक्रबार औषधी व्यवस्था विभागलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले माग सम्बोधन नभए औषधी आयात ठप्प पार्ने सम्मको चेतावनी दिएका छन् । स्वास्थ्य मन्त्रालयले औषधि आयातमा रोक लगाउने निर्णय गरेपछि आयातकर्ताहरुले सबै औषधिको आयात ठप्प पार्ने चेतावनी दिएका हुन् । नेपालमा वर्षेनी १० अर्ब रुपैयाँभन्दा बढी मूल्यको औषधि आयात हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण