बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

मतदान केन्द्रमा सबै महिला कर्मचारी

शुक्रबार, २९ वैशाख २०७४, १० : २४
शुक्रबार, २९ वैशाख २०७४

पोखरा, २९ वैशाख । आइतबार हुने पोखरा–लेखनाथ महानगरपालिकाको जनप्रिय मावि, सिमलचौरको ‘ख’ मतदान केन्द्रको निर्वाचनमा सबै महिला कर्मचारी खटिएका छन् ।

सो मतदान केन्द्रको मतदान अधिकृतमा लोकसेवा आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयकी उपसचिव सरिताकुमारी खतिवडा र सहायक मतदान अधिकृतमा महानगरपालिका कार्यालयकी नासु कविता अर्याललाई खटाइएको छ ।

त्यस्तै सहायक कर्मचारीहरुमा उच्च अदालतकी नासु सङ्गीता पौडेल, पर्यटन कार्यालयकी खरिदार कल्पना आचार्य तथा कार्यालय सहयोगीमा कास्की जिल्ला अदालतकी देवी गौतम र उच्च अदालतकी गीता केसी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप