जापानका नेपाली माझ ‘सायद २’
जापान ,बैशाख २९ –चलचित्र ‘सायद २’ १४ मे अर्थात आइतबार जापानमा बिषेश प्रदर्शन हुने भएको छ । जापानको टोकियोमा आज आयोजित एक कार्यक्रममा चलचित्र युनिटले बिशेष प्रदर्शन र चलचित्रको बिषयमा बिभिन्न जानकारी दियो । बिषेश प्रदर्शनका लागि नेपालबाट निर्माता सुनिल रावल, प्रस्तुतकर्ता दुर्गिश थापा, अभिनेता सुशील श्रेष्ठ, पत्रकार श्याम अर्याल लगायतको टोली जापान आइपुगेका छन् । कार्यक्रममा चलचित्रका निर्माता सुनिल रावलले चलचित्रको जापान प्रिमिएको सम्पुर्ण तयारी सकिएको जानकारी दिए । चलचित्र टोकियो स्थित नाकानो जिरो हलमा प्रिमिएर गरिदैछ । प्रर्दशनबाट संकलन रकम मध्ये केही जापानमा नै रहेका अध्यायन गरिरहेका सुदूर पश्चिमका जेहेन्दार विद्यार्थीको छात्रवृतिमा खर्च गरिनेछ । सुशिल श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना, शोभित बस्नेत, कुशल पाण्डे, सुनिल रावल, निशा कार्की, रुबिना श्रेष्ठ, बुद्धि लाल मगर लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको चलचित्र पुष्पराज टि न्यौपानेले निर्देशन गरेका हुन् । चलचित्रमा सुनिल रावलको कथा, राजु विक्रम थापाको छायांकन, अष्ट महर्जनको एक्सन र गोविन्द राई र विक्रम स्वारको नृत्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण