मधेली पूर्ण खोपमुक्त गाउँ
शनिबार, ३० वैशाख २०७४, ०७ : ५९
इटहरी, ३० वैशाख - सुनसरी जिल्लाको साविक मधेली गाउँअर्थात् गडी गाउँपालिकामा गाँभिएको उक्त गाउँलाई शुक्रबार पूर्ण खोपमुक्त गाउँ घोषित गरिएको छ ।
सुनसरीका सबै गाउँ तथा नगर र उपमहानगरलाई पूर्ण खोपमुक्त घोषणा गर्ने क्रममा शुक्रबर मधेली पूर्ण खोपमुक्त १६ औँ गाउँका रुपमा घोषित भएको हो ।
केही दिनअघि सुनसरीको श्रीपुर गाउँअर्थात् कोसी गाउँपालिकालाई १५ आँै पूर्ण खोपमुक्त गाउँ घोषित गरिएको थियो । स्थानीय विकास अधिकारी तुलसीप्रसाद श्रेष्ठले उक्त गाउँलाई पूर्ण खोपयुक्त घोषणा गर्नुहुँदै अन्य गाउँ तथा सहर पनि निकट समयभित्रमा नै पूर्ण खोपमुक्त बन्ने अन्तिम तयारीमा पुगिसकेको जानकारी दिए ।
त्यसैगरी युचेप नेपाल र रेस्टलेस डेभलेपमेन्ट नेपालको आयोजनामा सुनसरी जिल्लाका सबै गाउँ तथा नगर र बस्तीमा हुने बाल विवाह तथा घरेलु हिंसाका घटनालाई न्यूनीकरणका लागि सञ्चालित अभियानअन्तर्गत शुक्रबार मनदेखि मन जोड्ने यात्रा साङ्गीतिक अभियानको शुभारम्भ गरिएको छ ।
जिल्लाको सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रमा रहेको बबियाको सरस्वती जनता मावि मधेसाका सात सय ५० विद्यार्थीलाई सहभागी गराएर मनदेखि मन जोड्ने साङ्गीतिक अभियानको जनचेतना विस्तार गर्ने साङ्गीतिक कार्यक्रम मञ्चन गरिएको थियो ।
साङ्गीतिक कार्यक्रममा सहभागी भएका विद्यार्थी कलाकारले बाल विवाह हुँदाको अवस्था पीडा र त्यसले बालबालिकामा पार्ने सकारात्मक एवम् नकारात्मक असर अनि त्यसले समाजमा ल्याउने विकृतिलगायतका विषयमा प्रयोगात्मक रुपमा प्रदर्शित कार्यक्रमले सबैको मन छुने सन्देश दिने कार्य भएको थियो ।
युचेप नेपालका रविन घिमिरे रेस्टलेस डेभलपमेन्ट नेपालकी बिनिता श्रेष्ठ लक्ष्मी परियार अनुजा पोख्रेल विवेक चापागाईं अमृता उराव उमेश कार्की रविना चौधरी सुजता अधिकारीलगायतको नेतृत्वमा सो कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।
कार्यक्रमले जिल्लाका सबै गाउँ सहर क्षेत्रमा बाल विवाह घरेलु हिंसालगायतका विषयमा प्रचलनमा रहेका विकृतमूलक विसङ्गतिलाई कसरी अन्त्य गर्ने भन्ने विषयमा सशक्त सन्देश प्रवाह गर्ने अभियानको लक्ष्य रहेको रविन घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण