बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

भिरबाट लडेर एक जनाको मृत्यु

शनिबार, ३० वैशाख २०७४, ०९ : १७
शनिबार, ३० वैशाख २०७४
डोल्पा, ३० बैशाख - डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका स्थित वडा नं ६ मा पर्ने लामा भिरबाट लडेर शुक्रवार एकजनाको मृत्यु भएको छ । मृत्युु हुनेमा बाँके जिल्ला काहोलपुर नगरपालिकास्थित दस बिगाह बस्ने ४० बर्षिय बालकृष्ण शाही रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । मृतक शाही खच्चड बाट सामान लिएर त्रिपुराकोट आउने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । शाहीको सव शुक्रबार नै सदरमुकाम दुनै लगिएको र आज जिल्ला अस्पतालमा पोष्टमार्टम गरिने प्रहरी नायव उपरीक्षक खड्काले बताए । शाही सो नगरपालिकाको श्रीविन्डे बजारमामा होटेल ब्यबसाय गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप