बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

दुई खेल बाँकी छँदै चेल्सीलाई प्रिमियर लिगको उपाधि

शनिबार, ३० वैशाख २०७४, ०९ : ५६
शनिबार, ३० वैशाख २०७४

लण्डन, वैशाख ३० – मिची बात्सुयीको एक मात्र गोलको मद्दतले वेस्ट ब्रोमलाई हराउँदै चेल्सीले प्रिमियर लिगको उपाधि जितेको छ ।

खेलको लामो समय वेस्ट ब्रोमले चेल्सीलाई रोके पनि खेल सकिन ८ मिनेट बाँकी छँदा बात्सुयीले गोल गर्दै चेल्सीलाई आवश्यक तीन अंक दिलाएको हो ।

खेल सकिएको जनाउ दिने बित्तिकै चेल्सीका खेलाडीहरुले मैदानमा खुसियाली मनाएका थिए । प्रशिक्षक एन्टोनियो कोन्टेलाई खेलाडीहरुले हावामा उचाल्दै खुसियाली व्यक्त गरेका थिए ।

अब कोन्टेको लक्ष्य सन् २०१० मा कार्लो एन्चेलोटीले हासिल गरेको डोमेस्टिक डबलमा रहेको छ । चेल्सीले मे २७ मा एफए कपको फाइनलमा आसर्नलको सामना गर्दैछ ।

प्रिमियर लिग इरामा चेल्सीको यो छैटौँ लिग उपाधि हो । चेल्सीभन्दा म्यान्चेस्टर युनाइटेड (१३ पटक) ले मात्र योभन्दा बढी प्रिमियर लिग उपाधि जितेको छ ।

त्यस्तै कोन्टे एन्चेलोटी, रोबर्टो मान्चिनी र क्लाउडियो रानिएरी पछि प्रिमियर लिग उपाधि जित्ने चौँथो इटालियन प्रशिक्षक बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप