निर्वाचनको तयारी अन्तिम चरणमा
चितवन, ३० वैशाख । भोलि हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सात तहमा तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेका छन् । निर्वाचनका लागि एक सय ६१ वटा मतदान स्थलमा ३७६ केन्द्र रहेका छन् । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार ती केन्द्रमा कर्मचारी पुगेर परिचयपत्र वितरणको कम भइरहेको छ । उनीहरूले आजसम्म परिचयपत्र वितरण गर्ने छन् । यसै अवधिमा मतदान दिने स्थल व्यवस्थापनको काम पनि उनीहरूले गरिरहेको न्यौपानेले बताउनुभयो । एउटा केन्द्रमा मतदान अधिकृत एक जना, सहायक मतदान अधिकृत एक जना, नायब सुब्बा वा खरिदार दुई जना र दुई जना सहायक स्तरका कर्मचारी खटिएका छन् । जिल्लाका सात तहका तीन सय ७६ केन्द्रमा दुई हजार २५० जना कर्मचारी परिचालन गरिएको छ । सबै केन्द्रमा मतपत्रसहित आवश्यक सामग्री पुगिसकेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताए । मतदानस्थलमा केन्द्रको सङ्ख्याको आधारमा सुरक्षाकर्मी खटिइसकेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार नेपाल प्रहरी र म्यादी प्रहरी गरेर न्यूनतम नौ जनादेखि ३३ जनासम्म एकै स्थलमा खटिएका छन् । बाहिरी घेरामा सशस्त्र प्रहरीले गस्तीमार्फत सुरक्षा दिन थालिसकेको बताए ।
बाहिर रहेर मतदानस्थलको सुरक्षा नेपाली सेनाले पनि दिन थालेको भट्टले बताए । नेपाली सेना र सशस्त्र प्रहरीले सातवटै तहमा बेसक्याम्प निर्माण गरिसकेको छ । जिल्लामा तीन लाख १३ हजार दुई जना मतदाता रहेका छन् । सात तहमा ९८ वटा वडा रहेका छन् । उनीहरूले सात जना प्रमुखसहित ५०४ जना जनप्रतिनिधि निर्वाचित गर्ने छन् । दलित र अल्पसङ्ख्यकबाट २० जना मनोनीत गरिने छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण