वर्डप्रेससम्वन्धि ‘वर्डक्याम्प काठमाडौँ २०१७’ आयोजना हुने
काठमाडौँ, वैशाख ३० – संसारको प्रख्यात वेबसाइट बनाउने र सित्तैमा पाइने सफ्टवेर ‘वर्डप्रेस सम्वन्धि एक दिने सेमिनार कार्यक्रम “वर्ड क्याम्प काठमाडौँ २०१७” को आयोजना आगामी जेष्ठ ६ गते शनिबारका दिन काठमाडौँमा हुने भएको छ ।
वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । नेपालमा भने सन् २०१२ देखि नेपालका वर्डप्रेस प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह – वर्डप्रेस नेपालद्वारा वर्डक्याम्प पहिलोपटक आयोजना भई प्रत्येक वर्ष आयोजना हुँदै आएको छ ।
एक तथ्यांक आनुसार विश्वका सम्पूर्ण वेबसाईट मध्ये झण्डै ५ मा १ वेबसाईट वर्डप्रेस प्लेटफर्म प्रयोग गरी बनाईएको हुन्छ ।
यस संस्करणको वर्डक्याम्प माइतीघर स्थित कार्की ब्यान्केटमा आयोजना हुनेछ । कार्यक्रममा एउटा हलमा व्यवहारिक कार्यशाला र अर्कोमा सामुहिक छलफल र विभिन्न बिषयहरुका बिज्ञहरु द्वारा प्रस्तुतीकरण हुनेछन । कार्यक्रम – वर्डप्रेस मा व्यवसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्तिरकम्पनि, सूचना प्रबिधिमा करियर बनाउन खोजेका बिधार्थी तथा वर्डप्रेस संग सम्वन्धित व्यक्ति हरु संग समन्ध निर्माणको लागि उपयुक्त हुने आयोजक कमिटीका अर्जुन सिंह ठकुरीले जानकारी दिए ।
कार्यक्रममा २५० जनाभन्दा बढीको सहभागिता रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण