बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

मोदीले भने, ‘नेपालको संकटको यात्रा कति लामो हुनेछ, कल्पना गर्न सकिन्न’

शनिबार, ३० वैशाख २०७४, १० : ०२
शनिबार, ३० वैशाख २०७४

काठमाडौँ, वैशाख ३० – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो छिमेकी राष्ट्र नेपाल संकटबाट गुज्रिरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

बुद्ध जयन्तीको अवसरमा भारतमा आयोजित कार्यक्रममा बोल्दै भारतीय प्रधानमन्त्रीले नेपालको संकटका कारण आफू बोझिल महसुस गरिरहेको बताएका हुन् ।

बुद्ध पूर्णिमाका दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आज यो उमंगको पर्वमा बोझिल महसुस गरिरहेको छु किन भने जुन धर्तीमा भगवान बुद्धको जन्म भयो, हामी सबैको प्यारो नेपाल, एउटा ठूलो संकटबाट गुज्रिरहेको छ ।’

उनले नेपालको यो यात्रा कति भयंकर र लामो हुने कसैले कल्पना पनि गर्न नसक्ने बताए । ‘यो यात्रा कति भंयकर हुनेछ त्यसको कल्पना पनि गर्न कठिन छ,’ उनले भने, ‘कति लामो समयसम्म नेपालका पीडित बन्धुहरुलाई यो यात्राबाट जुध्न पर्नेछ यसको अन्दाजा गर्न पनि कठिन छ ।’

मोदीले भगवान बुद्धले दिएको करुणाको सन्देश अनुसार नेपालका पीडितहरुको दुःख हामी बाँड्नुपर्ने र उनीहरुको आँशु पुछ्नुपर्ने बताए ।

‘उनीहरुलाई पनि शक्ति प्राप्त गरुन् भनेर म प्राथना गर्दछु,’ मोदीले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप