आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

पर्वतको पैंयूँ गाउँपालिकामा काँग्रेस विजयी

बुधबार, ०३ जेठ २०७४, १२ : ४४
बुधबार, ०३ जेठ २०७४

पर्वत, ३ जेठ । स्थानीय तहको निर्वाचनअन्तर्गत दक्षिण पर्वतको पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेस नेता खगेन्द्र तिवारी अध्यक्षमा विजयी भएका छन् ।

हिजो रातिअबेर सम्पन्न मतगणनामा नेपाली काँग्रेसका खगेन्द्रप्रसाद तिवारीले ९७७ मतले विजयी भएका हुन्। तिवारीले तीन हजार ४३१ मत प्राप्त गर्नुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मित्रलाल बस्यालले दुई हजार ४५४ मत प्राप्त गरे ।

पैंयूँ गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काँग्रेसका जसमती गुरुङ विजयी भएका छन् । उनले तीन हजार १८४ मत पाउँदा एमालेकी गोमता शर्माले दुई हजार ४३१ मत प्राप्त गरेका छन् ।

पैंयूँ गाउँपालिकामा नौ हजार ८०९ मतदाता रहेकामा छ हजार ८२४ मत खसेको थियो । त्यस्तै उक्त गाउँपालिकाको वडा नं १, २, ६ र ७ मा काँग्रेस, तथा ३ र ४ मा एमाले विजयी भएको छ भने ५ नम्बर वडामा माओवादी केन्द्रले जितेको निर्वाचन अधिकृत आचार्यले जानकारी दिए।

निर्वाचन अधिकृत यज्ञप्रसाद आचार्यका अनुसार सोमबार बिहानदेखि सुरु भएको मतगणनामा सातवटा वडा रहेको पैंयूँ गाउँपालिकाको मतगणना सकिएको हो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप