सल्यानमा तीन गाउँपालिकामा शीर्ष तीनको वर्चश्व (५३ वडाको नतिजासहित)
सल्यान, ३ जेठ। स्थानीय तहको निर्वाचनमा आज बिहानसम्म तीन गाउँपालिका र ५३ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
प्राप्त मतपरिणाम अनुसार दार्मा गाउँपालिकाको अध्यक्षमा (नेकपा माओवादी केन्द्र)का निमबहादुर केसी र उपाध्यक्षमा टीका वली शर्मा निर्वाचित भएका छन् । केसीले अध्यक्षमा तीन हजार ६९४ मत र वलीले उपाध्यक्षमा तीन हजार ६९५ मत प्राप्त गरी विजयी भएका हुन् ।
नेकपा एमाले र नेपाली काँग्रेसबीच समिकरण गरिए पनि (माओवादी केन्द्र) विजयी भएको हो । यसैगरी दार्मा गाउँपालिका– १ को वडाअध्यक्षमा एमालेका कविकुमार चन्द विजयी भएका छन् भने वडा नं– २,३,४,५ र ६मा क्रमशः माओवादीका डिल्ली केसी, सेतीराम रोका, चन्द्रबहादुर रावत, दुर्गा मल्ल र रामबहादुर केसी विजयी भएका छन् ।
यसैगरी ढोरचौर गाउँपालिकाको अध्यक्षमा एमालेका चित्रबहादुर चलाउने विजयी भएका छन् । उनले एक हजार ९२५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्वी माओवादीका नरवीर चलाउनेले एक हजार ५४८ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा एमालेका पुष्पा बोहराले एक हजार ९४६ मत प्राप्त गरी विजयी भएका छन् । ढोरचौर गाउँपालिका– १ र २ को वडाध्यक्षमा माओवादीका क्रमशः रामबहादुर बस्नेत र रुद्रबहादुर बुढाथोकी वडा नं– ३ मा एमालेका शालिकराम बुढाथोकी र वडा नं– ५ मा नन्दलाल बोहरा विजयी भएका छन् । वडा नं– ४ मा काँग्रेसका दिनेश बिएम र एमालेका देवेन्द्र रोकाले बराबरी मतप्राप्त गरेपछि गोलाप्रथा मार्फत काँग्रेसमा दिनेश बिएम विजयी भएका हुन् ।
यसैगरी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका मानबहादुर डाँगी दुई हजार ७६५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लोकेन्द्र सिंह खड्काले दुई हजार ३१७ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा काँग्रेसकै करुणा खड्काले दुई हजार ६४५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पवित्रा केसीले दुई हजार ३७७ मत प्राप्त गरेका छन् ।
यसैगरी बागचौर नगरपालिका– १ मा काँग्रेसका नेत्रबहादुर डाँगी, वडा नं– २ मा एमालेका घनश्याम शर्मा, वडा नं– ३ मा (माओवादीका टीकाराम खत्री, वडा नं– ४ मा माओवादीका प्रेमबहादुर पुन, वडा नं– ५ मा माओवादीका डिल्लीबहादुर वली, १२ मा माओवादीका दीपक वली, वडा नं ११ मा मोहन खड्का, वडा नं– १० मा कृष्णबहादुर खड्का विजयी भएका छन् ।
यसैगरी शारदा नगरपालिका वडा नं– १ मा एमालेका नवराज बुढाथोकी, वडा नं– २ मा टोपबहादुर थापा र वडा नं.– ३ मा केशवसिंह बुढाथोकी विजयी भएका छन् । यस्तै वडा नं– ४ मा काँग्रेसका सुधन विष्ट, वडा नं– ५ मा प्रदिप शाही, वडा नं– ६ मा भिखराज बुढाथोकी विजयी भएका छन् । शारदा नगरपालिकामा मङ्गलबार बेलुकादेखि रोकिएको मतगणना यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको छ्रैन मत गणनाका क्रममा ५४ मत नपुगेपछि एमाले, माओवादी केन्द्र र राप्रपाले पुनः मतगणनाको माग रोखेकाले अहिलेसम्म सुरु हुन नसकेको हो ।
वनगाड कुपिण्डे नगरपालिकामा वडा नं– १ मा एमालेका शान्तकुमार यरी, वडा नं– १२ मा गोविन्द डाँगी विजयी भएका छन् । यस्तै वडा नं– २ मा माओवादीका प्रतिमल रोकाय विजयी भएका छन् । वडा नं– ११ मा नेकपा माओवादी केन्द्रका वीरबहादुर बुढा, वडा नं– ३ मा माओवादी केन्द्रकै टेकबहादुर पुन विजयी भएका छन् ।
कपुरकोट गाउँपालिका वडा नं– १ मा माओवादीका बालाराम खड्का र वडा नं– २ मा मानबहादुर राना विजयी भएका छन् । यस्तै वडा नं– ३ मा काँग्रेसका मीनबहादुर सेन विजयी भएका छन् । वडा नं– ४ एमालेका हरिलाल पुन विजयी भएका छन् ।
छत्रेश्वरी गाउँपालिकामा वडा नं– १ मा काँग्रेसका नेवबहादुर शाह, वडा नं– २ माओवादी केन्द्रका प्रेमबहादुर खड्का विजयी भएका छन् । वडा नं– ३ मा एमालेका राजबहादुर बुढाथोकी विजयी भएका छन् । वडा नं– ४ मा एमालेका नेवबहादुर खड्का र वडा नं– ५ मा एमालेकै लीलाधर घर्ती विजयी भएका छन् ।
यसैगरी कालीमाटी गाउँपालिका वडा नं– ७ मा काँग्रेसका नैनसिंह राना, वडा नं– ६ मा माओवादीका टेकबहादुर थापा पुलामी, वडा नं– ५ मा एमालेका चन्द्रबहादुर गाह विजयी भएका छन् । यस्तै वडा नं ४ मा एमालेका बेलबहादुर चन्द, वडा नं– ३ मा एमालेका वीरबहादुर वली विजयी भएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
-
बाल सुधार गृहको अवस्था नाजुक: क्षमताभन्दा बढी बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी
-
नेतान्याहूलाई पक्राउ गर्न खोजिरहेछन् न्यूयोर्कका मेयर ममदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण