आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

चिङगाड गाउँपालिकामा काँग्रेस विजयी

बुधबार, ०३ जेठ २०७४, १३ : ०९
बुधबार, ०३ जेठ २०७४

सुर्खेत, ३ जेठ । चिङगाड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवबहादुर चन्द दुई हजार ९४९ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका बखतबहादुर खत्रीले दुई हजार ३८५ र नेकपा माओवादी केन्द्रका बोधविक्रम जिसीले एक हजार ७२१ मत प्राप्त गरे ।

सो गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकै मनमाया आचार्य दुई ८७७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेकी दीपाकुमारी रानाले दुई हजार ४१४ तथा माओवादी केन्द्रकी तेजकुमारी रानाले एक हजार ५१९ मत प्राप्त गरे। रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप