ससुराली घरमा सालीसँगै मनाए निखिलले जन्मदिन
काठमाडौं, जेठ ३ – एक्सन स्टार निखिल उप्रेतीले मंगलबार परेको आफ्नो जन्मदिन ससुरालीमा मनाएका छन् । उनले जन्मदिन कान्छी पत्नी संचितासँगै उनको माइतीघरमा मनाएका हुन् । काठमाडौको बानेश्वरस्थित माइतिघरमा बस्दै आएकी संचिताले निखिलको जन्मदिन मनाउन बिषेश ब्यवस्था गरेकी थिइन् । जन्मदिन सेलिब्रेसन कार्यक्रममा निखिलका एक छोरा, एक छोरी, सासु, ससुरा र साली समेतको उपस्थिती रहेको थियो । जन्म दिनको केक सबैलाई खुवाउदै निखिलले सबैमाझ खुसी साटे । चलिस काटेका निखिलले जन्मदिनमा उमेर खुलाउन भने चाहेनन् । भने ‘ जन्मदिनको उत्सवले जीवनमा थप ऊर्जा मिलेको छ ।’ केही बर्षको मुम्बई बसाई पछि अभिनयमा पुनरागमन गरेका निखिल चलचित्र भैरव मार्फत फर्किएका हुन् । त्यसपछि उनका केही चलचित्र प्रदर्शनमा आएका छन् । अहिले अभिनयमा ब्यस्त रहेका निखिलको करिब आधा दर्जन चलचित्र प्रदर्शनको तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
-
बाल सुधार गृहको अवस्था नाजुक: क्षमताभन्दा बढी बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी
-
नेतान्याहूलाई पक्राउ गर्न खोजिरहेछन् न्यूयोर्कका मेयर ममदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण