कीर्तिपुर नगरपालिकामा दस्तखत नभएका मतपत्र फेला
काठमाडौँ, ३ जेठ । कीर्तिपुर नगरपालिका २ को मतगणनाका क्रममा मतदान अधिकृतको दस्तखत नभएको १० वटा मतपत्र फेला परेपछि त्यसलाई पुनः गणना गर्ने समझदारी भएको छ ।
सो विषयमा दलहरुबीचमा विवाद भएपछि स्थानीय दलका प्रतिनिधिले छलफल गरी सो वडाको मतगणना पुनः गर्ने समझदारी कायम गरिएको हो ।
मतदान अधिकृत गजेन्द्रबहादुर सिंहले वडा नं २ को गणनाका क्रममा मतदान अधिकृतको दस्तखत नहुनु आफ्नो कर्मचारीबाट त्रुटी भएको स्वीकार्दै त्यस क्षेत्रको मतगणना पुनः गरिने गरी अहिले वडा नं ३ र ४ को गणना गरिएको जानकारी दिए ।
कुल मतदाता २८ हजार १०३ रहेको कीर्तिपुर नगरपालिकामा २३ हजार ६३३ मत खसेको थियो । जम्मा ५२ पदका लागि भएको निर्वाचनमा २६४ जना उम्मेदवारको प्रतिस्पर्धा छ ।
यसैबीच वडा नं १ मा एमालेको समूह विजयी भएको छ । वडा अध्यक्ष पदमा नेकपा ९एमाले० का हर्ष महर्जनले ८०४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हीरालाल महर्जनले ६५९ मत प्राप्त गरेका थिए ।
सदस्यमा एमालेका क्रमशः सुमन पोखरेल, धनबहादुर महर्जन र सुनिता महर्जन निर्वाचित भएका छन्। सो वडामा दलित महिलाको उम्मेदवारी परेको थिएन । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
-
बाल सुधार गृहको अवस्था नाजुक: क्षमताभन्दा बढी बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी
-
नेतान्याहूलाई पक्राउ गर्न खोजिरहेछन् न्यूयोर्कका मेयर ममदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण