ललितपुरमा एमालेले वडा जित्दा मेयरमा किनभयो यस्तो ?
कृष्ण गिरी
ललितपुर जेष्ठ ३–ललितपुर महानगरपालिकामा अहिले सम्म भएको मत परिणाम अनुसार एमालेले ४ वडा प्यानसहित जितेको छ । काँग्रेसले भने अहिले सम्म एक वडामा मात्र विजय गरेको छ । यो मतपरिणाम हेर्ने हो भने एमालेको मेयर उम्मेदवार धेरै अगाडि हुनु पर्ने हो । तर ललितपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकार कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन भन्दा केहि अगाडिमात्रै छन् ।
अहिले सम्मको मत परिणाम हेर्ने हो भने नेपाली काँग्रेसका मेयर उम्मेदवार महर्जनको ८१९८ आएको छ भने व्यञ्जनकारले ८३५७ मतका साथ झिनो अग्रता मात्रै लिएका छन् । एमालेले वडा बढी जित्दा पनि मेयरमा भने कम मत किन देखियो ? एमाले कार्यकर्तामा नै जिज्ञासाको विषय बनेको छ । जानकारहरुका अनुसार नेवार बाहुल्य ललितपुरमा व्यञ्जनकार नेवार नै भएपनि मतदाताको रोजाईभन्दा बाहिर भएर त्यस्तो भएको हुनसक्छ । ललितपुरमा उम्मेदवार चयनका क्रममा निकै लफडा भएको थियो र अन्तिम समयमा मात्रै उनको नाम टुंगो लागेको थियो । साथसाथै नेवारभित्रकै पनि विभिन्न जातीउपजाती हुने भएकाले पनि उनलाई कम मत आएको हुन सक्ने जानकारहरुको बुझाइ छ । महानगरपालिकाको शहरी क्षेत्र भएका बडा नम्बर २,३,४ र ५मा एमालेले प्यानल जित्दा पनि व्यन्जनकारले त्यो अनुपातमा मत नपाएको हालसम्म सार्वजनिक मत परिणामले नै देखाउँछ ।
एमालेका २ नं वडाबाट राजेश महर्जनको टिमले विजय गरेको छ । ३ नं वडाबाट सुर्यगोपाल महर्जन , ४ नं वडाबाट नारायण केसीको टिमले नै विजय दर्ता गरेको छ । ५ नं वडाबाट पनि एमालेका विकासमान श्रेष्ठ विजयी भएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण