एक हप्ताभित्रै सबै मतपरिणाम सार्वजनिक हुन्छः आयोग
काठमाडौं, जेठ ३– प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै पहिलो चरणको निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने दाबी गरेका छन् ।
बुधबार काठमाडौमा भएको साक्षात्कारमा प्रमुख आयुक्त यादवले एक हप्ताभित्रै सबै मतपरिणाम आईसक्ने दाबी गरेका हुन् । उनले भने,‘मतगणना भैरहेको छ, तर ढिलाई भएको चाहीँ हो, यसको प्रमुख कारण भनेको नै मतपत्र ठूलो भएर हो, अब हामी मतगणना डेस्क बढाउँछौं ।’ उनका अनुसार काठमाडौं, ललितपुर, पोखरा, भरतपुर महानगरमा मतगणना डेक्स थपिनेछन् । काठमामाडौंमा मतगणना डेस्क ११ सम्म पुर्याउने उनले जानकारी दिए ।
यादवले पहिलो चरणको निर्वाचन सम्पन्न भएकै साँझदेखि मतगणना कार्य सुरु भएको उल्लेख गर्दै अहिलेसम्म २५ जिल्लाको मतगणनना सकिएको बताए । यद्यपी उनले मतगणना ज्यादै ढिला नभएको स्पष्ट पारे ।
मुख्य निर्वाचन अधिकृतको अधिकारलाई आयोगले हस्तक्षेप गर्न नमिल्ने पनि उनले बताए । उनले थपे,‘कानूनी जटिलताहरु पनि छन्, आयोगले हस्तक्षेप गर्न मिल्दैन्, आयोगले माग भएबमोजिम जनशक्ति उपलब्ध र सहयोग गर्न सक्छ, र हामी तयार छौं ।’ त्यस्तै उनले आयोगले मतगणना द्रुत गतिमा अघि बढाउनकोे लागि निर्वाचन आयोगले निर्देशन समेत दिईसकेको बताए ।
उनले भने,‘अहिले केही ढिलाई भएका छन्, तर समय लाग्दा कोही पनि आत्तिनुहुँदैन्, २० वर्ष निर्वाचन नहुँदा चुप लागेर बस्नेहरु अहिले किन एक हप्ता धैर्य गर्न नसकेका होलान् ? मलाई त आश्चर्य लागेको छ।’ यादवले मतपरिणाम सार्वजनिक गर्नका लागि विद्युतीय डिस्प्ले पनि राखिने तयारी भएको बताए ।
यादवले ०५४ सालको स्थानीय तहको निर्वाचनमा पनि मतपरिणाम आउन ६ दिन लागेको दलिल पेश गर्दै भने,‘०५४ सालमा भएको स्थानीय तहको निर्वाचनको सम्पूर्ण मतपरिणाम आउनका ६ दिन लागेको थियो, तर अहिले त मत पत्रपनि ठूलो छ, मतदाताहरुको संख्यापनि धेरै छ, समय त लागिहाल्छ नि ।’
त्यस्तै यादवले जेठ ३१ गते दोस्रो चरणको निर्वाचनमा पनि यही मतपत्र प्रयोग हुने भएकोले अहिलेको अनुभव अनुसार आफूहरुले दोस्रो चरणको निर्वाचनको मतगणना गर्ने जानकारी दिए ।
यादवले पहिलो चरणको निर्वाचनमा ७४ प्रतिशत मत खसेको र मत बदरपनि बढेको उल्लेख गर्दै भने,‘मत बदर पनि बढेको देखियो, मतबदर ५÷६÷७ प्रतिशतसम्म हुनसक्छ ।’ उनले दोस्रो चरणको निर्वाचनको पनि काउन्टडाउन सुरु भैसकेकोेले आयोगले सबै तयारी गरिसकेको जनाए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण