जापानी राजकुमारीले रेष्टुरेन्टमा भेटेका युवकसँग विवाह गर्न त्याग्नेछिन् शाही खानदान
डेली मेल
जेठ ३ – जापानकी राजकुमारीले पर्यटनको क्षेत्रमा काम गर्ने एक व्यक्तिसँग विवाह गर्नका लागि आफ्नो शाही खानदान त्याग्ने भएकी छिन् ।
जापानका सम्राटका नातिनी राजकुमारी माकोले स्काई डाइभ गर्नसक्ने, भ्वाइलिन बजाउन सक्ने र खाना बनाउन सक्ने केई कोमुरोसँग विवाह गर्ने तयारीमा रहेको डेली मेलले बताएको छ ।
राजकुमारीको मन जित्न सफल उनी टोकियोस्थित इन्टरनेशनल क्रिष्चियन युनिभर्सिटीका छात्र हुन् जहाँबाट २५ वर्षीया राजकुमारी माकोले ब्याचलर्स गरेकी थिइन् ।
जापानी नियम अनुसार सम्राट अकिहितोकी नातिनी भएपनि उनले कोमुरोसँग विवाह गरेलगत्तै उनले आफ्नो सबै प्रतिष्ठा गुमाउनेछिन् र सर्वसाधारण सरह जीवनयापन गर्नेछिन् ।
पाँच वर्षअघि टोकियोको सिबुयास्थित एक रेष्टुरेन्टमा आयोजित एक पार्टीको क्रममा उनीहरुको भेट भएको थियो । उक्त भेटपश्चात्, यी दुईको भेट बाक्लिएको थियो ।
कोमुरो पर्यटनको क्षेत्रमा काम गर्ने एनएचकेले बताएको छ ।
उनले एकपटक विवाह गरेपछि उनी राजकुमारी नभई सर्वसाधारणको रुपमा रहनेछिन् ।
तर उनको विवाहका लागि केही समय लाग्ने र विवाह अन्य राज खलकको जस्तै परम्पराले भरिपूर्ण रहने बताइएको छ ।
सर्वप्रथम इन्गेजमेन्टको रुपमा विवाहको घोषणा हुन्छ, त्यसपछि विवाहको मीति तोकिन्छ र यसबारे औपचारिक जानकारी दिइन्छ ।
एनएचकेका अनुसार कोमुरोलाई राजकुमारीले परिवारसँग भटाइसकेको र विवाहका लागि स्विकारोक्ति दिइसकेको छ ।
राजकुमारीले पढ्ने बिद्यार्थीबाहेक उनीबारे अन्य केही जानकारी उपलब्ध छैन ।
मिनिचीका अनुसार जापानको शाही खानदानमा उनी एक्ली सदस्य हुन् जसले युनिभर्सिटीमा पढाई गरेकी छिन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण