वाग्लुङको निसीखोला गाउँपालिकामा काग्रेस, ताराखोलामा माओवादी विजयी
बुधबार, ०३ जेठ २०७४, १६ : ००
प्रेम सुनार
गुल्मी, जेठ ३– वाग्लुङको निसीखोला गाउपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका तारानाथ शर्मा र शोभाकुमारी कार्की विजयी भएका छन् ।
निसीखोला गाउपालिकाको प्रमुखमा २७३७ मत प्राप्त गरेका शर्माले प्रमुखमा जितेका थिए भने उनका निकटतम प्रतिव्दन्दी एमाओवादीका प्रेम घर्तीले २०३८ र जनमोर्चाका खिमबिक्रम शाहीले १६६३ मत प्राप्त गरेका थिए ।
७ वडा भएको निसीखोला गाउपालिकामा वडा नं १, ४,५ र ६ मा क्रमश नेपाली काँग्रेसका ईन्द्रबहादुर शाही, टीकानिधि पौडेल, हर्कमान घर्ती र सूर्यबहादुर घर्ती प्यानलै सहित विजयी भएका छन भने ७ मा स्वतन्त्र उमेदवार तेजिन्द्र विक्रम कुँवरको प्यानलले जितेको छ ।
यसैगरी वडा नं २ मा माओवादी केन्द्रका कुविर विक अध्यक्ष र बाँकी सदस्यहरु काँग्रे र, वडा नं ३ मा जनमोर्चाका जुनविक्रम शाही प्यानल सहित विजयी भएका छन् ।
ताराखालामा माओवादी विजयी
ताराखोला गाउँँपालिकामा माओवादी केन्द्रको प्रमुख, उपप्रमुख सहित सबै वडाहरुमा प्यानलै विजयी भएको छ । बागलुङ जिल्लामा माओवादी केन्द्रले जितेको पहिलो गाउँपालिकाका हो ।
गाउपालिका प्रमुखमा माओवादी केन्द्रका युवा नेता प्रकाश घर्तिमगरले ३३ सय ५० ल्याएर नेपाली काँग्रेसका डण्डपाणी कँडेल ९९५६० भन्दा २४ सय मतको भारी अन्तरले विजय प्राप्त गरेका हुन् ।
यसैगरी ३ हजार १५ मत ल्याएर दिलकुमारी रोका उपप्रमुखमा विजय भएकी छिन् । उनले निकटतम प्रतिव्दन्दी राजमो र एमालेको संयुक्त प्यानलका सन्जय श्रेष्ठ ९८५८ मत०लाई २१५७ मतले पराजित गरेकी हुन् ।
वडाध्यक्षहरुमा क्रमश यामबहादुर श्रिीस, भद्र घर्ती, दिलबहादुर बस्नेत, जितबहादुर खत्री र रामबहादुर रोकासहितको प्यानल विजयी भएको छ ।
राजमो र एमालेको संयुक्त प्यानलबाट प्रमुखमा उठेका पूर्णा चालिसेले ३८३ र उपप्रमुखका सन्जय श्रेष्ठले ८५८ मत प्राप्त गरेका थिए ।
निसीखोला गाउपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका तारानाथ शर्मा र शोभाकुमारी कार्की विजयी भएका छन् ।
सो गाउपालिकाको प्रमुखमा २७३७ मत प्राप्त गरेका शर्माले प्रमुखमा जितेका थिए भने उनका निकटतम प्रतिव्दन्दी एमाओवादीका प्रेम घर्तीले २०३८ र जनमोर्चाका खिमबिक्रम शाहीले १६६३ मत प्राप्त गरेका थिए ।
७ वडा भएको निसीखोला गाउपालिकामा वडा नं १, ४,५ र ६ मा क्रमश नेपाली काँग्रेसका ईन्द्रबहादुर शाही, टीकानिधि पौडेल, हर्कमान घर्ती र सूर्यबहादुर घर्ती प्यानलै सहित विजयी भएका छन् भने ७ मा स्वतन्त्र उमेदवार तेजिन्द्र विक्रम कुँवरको प्यानलले जितेको छ ।
यसैगरी वडा नं २ मा माओवादी केन्द्रका कुवीर विक अध्यक्ष र बाँकी सदस्यहरु काँग्रेस र, वडा नं ३ मा जनमोर्चाका जुनविक्रम शाही प्यानलसहित विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको रोमाञ्चक दौड : एमबाप्पे बने सर्वाधिक गोलकर्ता, मेसीलाई अझै अवसर
-
जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिइने
-
आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने
-
आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
-
झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण