मकवानपुरको तीनवटा गाउँपालिकामा यस्तो छ नतिजा
हेटौँडा, ३ जेठ । मकवानपुरको आठ गाउँपालिकामध्ये हालसम्म तीनवटामा मतगणना कार्य सम्पन्न भएको छ ।
कैलाश गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका टङ्कबहादुर मोक्तान दुई हजार ८०२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका लोकबहादुर मोक्तानले दुई हजार ३५९ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकै शुकुमाया थिङले दुई हजार ८०० मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मीरा राउतले दुई हजार ४२५ मत प्राप्त गरे ।
यसैगरी इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा एमालेका जीवन गोलेले तीन हजार २०४ मत ल्याई विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विश्व लामाले दुई हजार २७३ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेका उमाकुमारी लामाले तीन हजार १९० मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका लक्ष्मी डङ्गोलले दुई हजार ८१ मत प्राप्त गरे । । इन्द्रसरोवर–१ मा काँग्रेस तथा बाँकी चारवटै वडामा एमाले पुरै समूहसहित विजयी भएको छ ।
इन्द्रसरोवर–१ को वडाध्यक्षमा काँग्रेसका जमानसिंह वाइवा ७६४ मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका झमकलाल बलामीले ३६२ मत प्राप्त गरे । वडा नं २ को वडाध्यक्षमा एमालेका राजुमान महर्जन ५५१ मत ल्याई विजयी भए भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुमन श्रेष्ठले ४५४ मत प्राप्त गरे ।
यस्तै वडा नं ३ को वडाध्यक्षमा एमालेका चिरञ्जीवी पौडेल ९७९ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजकुमार भ्लोनले ६४९ मत प्राप्त गरे । वडा नं ४ को वडाध्यक्षमा एमालेका धनवीर स्यान्तानले ६९९ मत ल्याई विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हरिकुमार लामाले १६० मत प्राप्त गरे ।
यस्तै वडा नं ५ को वडाध्यक्षमा एमालेका धनराज महर्जन ५२८ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजन लामाले ४२२ मत प्राप्त गरे।
यसैगरी मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा एमालेका विदुर हुमागाईं तीन हजार ८१४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दोर्जे लामाले तीन हजार ६५२ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकै हर्कमाया रुम्बा तीन हजार ७१७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मन्दिरा केसीले तीन हजार ७०७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले जानकारी दिए। रासस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण