एनआईसी एशिया बैंकका एकै दिन ९ नयाँ शाखा स्थापना
बुधबार, ०३ जेठ २०७४, १६ : ०९
काठमाडौं, जेठ ३– एनआईसी एशिया बैंकले विभिन्न ९ स्थानमा रहेका नयाँ शाखाको एकै दिन उद्घाटन गरेको छ । बैंकले रुपन्देहीको सौफर्साटिकर स्थित ९१ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठले गरेका छन् ।
यस्तै, धकधई स्थित ९२ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद शर्मा, भुमही स्थित ९४ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य, भीमबहादुर थापा (भरत)ले गरेका छन् ।
यस्तै, बाँसगढी स्थित ९५ औं शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक नेपालगंज कार्यालयका निर्देशक गुरुप्रसाद पौडेल, पर्सास्थित ९६ औं शाखाको उद्घाटन खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष गुण राज श्रेष्ठ, टाँडीस्थित ९७ औं शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर बिसुरालले गरेका हुन् ।
यस्तै, दुलेगौडास्थित ९९ औं एवं भिमादस्थित १०३ औं शाखाको उद्घाटन तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण् राज पण्डित, हाकिम चोकस्थित १०१ औं शाखाको उद्घाटन चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले गरेको बैंकले जनाएको छ ।
९ शाखाका विधिवत् समुद्घाटनसँगै एनआईसी एशिया बैंकले देशभरीका १०७ वटा शाखाबाट सेवा प्रदान गर्न सुरु गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण