आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

बदर मतवारे यस्तो आयो आयोगको सफाई

बुधबार, ०३ जेठ २०७४, १६ : ०९
बुधबार, ०३ जेठ २०७४
जेठ ३, काठमाडौं– प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले बदर मतको अनुपात बढ्नुमा आयोग मात्रै दोषी नभएको बताएका छन् । विशेष निर्वाचनका लागि विशेष शिक्षाको आवश्यकता पर्ने भन्दै उनले मतदाता शिक्षाको कमिले बदर मतको संख्या बढ्यो भन्न नमिल्ने तर्क गरे । दल विशेषले दिने मतदाता शिक्षामा राजनीति पनि मिसिएर जाने भन्दै उनले बदर मतको संख्या बढ्नुका अन्य धेरै कारण रहेको उल्लेख गरे । बुधबार राजधानीमा निर्वाचन पर्यवेक्षण गरेका गैह सरकारी संस्थाले गरेको कार्यक्रममा बोल्दै उनले आयोग र सरकारलाई मात्रै दोष नदिई आफुहरुले पनि काम गरेर देखाउन ती संस्थालाई चुनौति दिए । निर्वाचन पर्यवेक्षण गर्ने अनुमति लिएका संघ संस्था, पुर्व निर्वाचन आयुक्त लगायतले आयोगको मतदाता शिक्षा सूचनामा मात्रै सिमित भएकाले बदर मत बढेको बताईरहेका बेला प्रमुख आयुक्त यादवले आयोग मात्रै त्यसको दोषी नभएको दाबी गरेका हुन् । मतगणनामा ढिलाई भएको भन्दै सर्वत्र आयोगको आलोचना भईरहेका बेला प्रमुख आयुक्त यादवले परिणाम छिटो आउने गरि गणनाको व्यवस्था गरिएको जानकारी दिए । उनले े केही कानुनी जटिलता र व्यवस्थापकिय बाध्यताका कारण मतगणनाको विषयमा प्रत्यक्ष रुपमा निर्देशन दिन नमिल्ने भएपनि गणना गर्ने स्थान वृद्धि गरि परिणाम छिटो सार्वजनिक गर्न सबै निर्वाचन अधिकृतलाई निर्देशन दिएको बताए । उम्मेदवार नै नभएको स्थानको मत पत्रमा पनि दलका चुनाव चिन्ह राखेर अनावश्यक रुपमा मत पत्रको आकार ठुलो बनाईएको भन्ने सन्र्दभमा भने प्रमुख आयुक्त यादवले आफुहरुको बाध्यता भएको टिप्पणी गरे । प्रारम्भीक मत परिणाममा शहरी क्षेत्र काठमाण्डौ महानगरपालिका भित्रकै मत १० प्रतिशतको हाराहारीमा बदर भएका छन् । मतपत्र ठुलो, स्वस्तीक छाप र मतपत्रको रंग उस्तै लगायत कारणले मत गणनामा ढिलाई भएको भन्दै आयोगको आलोचना हुदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप