आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

काभ्रेपलाञ्चोकको खानीखोलामा एमाले विजयी

बुधबार, ०३ जेठ २०७४, १६ : १८
बुधबार, ०३ जेठ २०७४

धुलिखेल, ३ जेठ । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाको अध्यक्षमा कृष्णबहादुर खुलाल र उपाध्यक्षमा सोहि पार्टीका रुकमणी गुरुङ विजयी भएका छन् ।

खुलालले दुई हजार २३ मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटत्म प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ) ले एक हजार ६४४ मत प्राप्त गरेका छन् ।

त्यस्तै गुरुङले दुई हजार १३० मत प्राप्त गरी उपाध्यक्षमा विजयी भएका हुन् । उनको निकटत्म प्रतिद्वन्दी नेपाली कांग्रेसकी तारादेवी आचार्यले एक हजार ५९६ मत प्राप्त गरेकी छन् ।

त्यस्तै सो गाउँपालिकाको वडाध्यक्षहरुमा वडा नं १ र ४ मा माओवादी केन्द्र, वडा नं। २, ३, ५ र ६ मा एमाले र वडा नं। ७ मा नेपाली काँग्रेसले विजयी भएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप