आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

वेनी नगरपालिकाको मेयरमा एफएनसीसीआइका उपाध्यक्ष श्रेष्ठ पराजित

बुधबार, ०३ जेठ २०७४, १६ : २०
बुधबार, ०३ जेठ २०७४
काठमाडौं, जेठ ३–नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को जिल्ला तथा नगरका तर्फवाट उपाध्यक्ष बनेका प्रमोद श्रेष्ठ म्याग्दीको बेनी नगरपालिकाको मेयरमा पराजित भएका छन् । महासंघको उपाध्यष हुँदा हुँदै विधान विपरित पार्टीको टिकट लिएर मेयरमा उठेका उनी नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठसँग ४४ मतले हारेका छन् । बेनी नगरपालिकाको मेयरमा उनले ५ हजार ६ सय ३४ मत ल्याएका छन् भने अर्का उम्मेदवार श्रेष्ठले ५ हजार ६ सय ७८ मत ल्याएका छन् । बेनीमा एमालेको तर्फवाट मेयर लड्न गएपछि महासंघले उनलाई विधानसम्वत कारवाही गर्नेतयारी गरेको थियो । महासंघको कार्यकारीणी पदमा रहेको व्यक्ति राजनीतिक दलको कुनैपनि दोहोरो पदमा वस्न नमिल्ने व्यवस्था छ । तर, प्रमोदले भने महासंघलाई वास्तै नगरि चुनावमा भिडेका थिए । एक महिना अघि मात्र महासंघको ५१ औं साधारणसभावाट उनी उपाध्यक्ष भएका थिए । एमालेको सक्रिय कार्यकर्ता भएको भन्दै महासंघको उपाध्यक्षमा उठ्दा उनको विरोध भएको थियो । तर, किशोर प्रधान समूहवाट पदाधिकारीमा एक्ला निर्वाचित श्रेष्ठले अहिले मेयरमा उम्मेदवारी दिएर पराजित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप