मोरङमा चैते धानको उत्पादनमा बृद्धि हुने
विराटनगर,३ जेठ । मोरङमा गत वर्षको तुलनामा चैते धानको उत्पादनमा वृद्धि हुने भएकोे छ ।
चैते धानको उत्पादन वृद्धिका लागि सरकारद्वारा सञ्चालित ‘वृहतर धान उत्पादन कार्यक्रम’ र सिँचाइको उपयुक्त व्यवस्थाका कारण उत्पादन वृद्धि हुने भएको हो ।
यस जिल्लामा गत वर्ष १४ हजार ३२० हेक्टर जमिनमा गरिएको चैत धानको खेतीबाट ६४ हजार ४४० मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष १४ हजार २०० हेक्टरमा खेती गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
गत वर्ष ४ दशमलव ५ मेट्रिक टन प्रति हेक्टरका दरले उत्पादन भएको थियो भने यसवर्ष पाँच मेट्रिक टन प्रतिहेक्टरका दरले उत्पादन हुने अनुमान गरिएको छ ।
सरकारले चैते धानको उत्पादन वृद्धि गराउने उद्देश्यले वृहत्तर धान उत्पादन कार्यक्रम अन्तर्गत यहाँका किसान अनुदान दिने गरेको हो । सो कार्यक्रममा परेका किसानलाई प्रतिहेक्टर रु पाँच हजारसम्म अनुदान रकम उपलब्ध गराउने बताइएको छ ।
अनुदान प्राप्त गर्ने किसानले चैते धानबाली लाइनमा रोप्ने मापदण्ड पूरा गरेको हुनुपर्ने कार्यालयका प्रमुख मनोजकुमार यादवले जानकारी गराए । जिल्लामा एक हजार हेक्टरसम्म जग्गाका लागि सो अनुदानको रकम उपलब्ध गराइएको छ ।
यस जिल्लाका सिजुवा, इटहरा, रङ्गेली, होकलाबारी र बेलवारीलगायतका ठाउँमा चैते धानकोखेती गरिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको रोमाञ्चक दौड : एमबाप्पे बने सर्वाधिक गोलकर्ता, मेसीलाई अझै अवसर
-
जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिइने
-
आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने
-
आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
-
झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण