आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

सिन्धुलीको फिकलमा एमाले विजयी

बुधबार, ०३ जेठ २०७४, १६ : ३४
बुधबार, ०३ जेठ २०७४

सिन्धुली, ३ जेठ । फिकल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका घनश्याम कार्कीले तीन हजार १२६ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्वी नेपाली काँग्रेसका मोहनबहादुर कार्कीले दुई हजार ७२७ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकै पार्वती सुनुवार तीन हजार २१४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका यशोदाकुमारी घिमिरेले दुई हजार ७२३ मत प्राप्त गरे ।

यस्तै फिकल गाउँपालिकाका ६ वटा वडामध्ये दुईवटा वडाध्यक्षमा नेपाली काँग्रेस र चारवटा वडाध्यक्षमा एमाले विजयी भएको छ । वडा नं– १ को वडाध्यक्षमा काँग्रेसका चेतबहादुर विश्वकर्माले ६०० मत तथा वडा नं–६ को वडाध्यक्षमा काँग्रेसकै खड्ग नेपाली ५३० मत ल्याई विजयी भएका छन् ।

यस्तै वडा नं २, ३, ४ र ५ को वडाध्यक्षमा एमाले विजयी भएको छ । वडा नं २ को वडाध्यक्षमा शङ्कर भण्डारी ६७३, वडा नं ३ को वडाध्यक्षमा टेकबहादुर रजनमगर ६४७, वडा नं ४ को वडाध्यक्षमा गोपालबहादुर मगर ६६९ तथा वडा नं ५ को वडाध्यक्षमा राजु बराल ५७४ मत ल्याई विजयी भएका छन् ।

सिन्धुलीका ९ वटा तहमध्ये पाँच गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको छ । कमलामाई, दुधौली, तीनपाटन नगरपालिका तथा सुनकोसी गाउँपालिकाको मतगणना कार्य चलिरहेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप