आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौं महानगरको मतगणना ११ स्थानमा

बुधबार, ०३ जेठ २०७४, १६ : ३९
बुधबार, ०३ जेठ २०७४
काठमाडौं महानगरको मतगणना ११ स्थानमा काठमाडौं, जेठ ३– काठमाडौं महानगरपालिकामा ११ स्थानबाट मतगणना गर्ने तयारी गरिएको छ । त्यसका लागि अहिले मतगणना गर्ने ठाउँ बनाउन कर्मचारीहरु जुटेका छन् । यसअघि ५ स्थानमा मतगणना हुँदै आएकोमा अहिले ६ स्थान बढाएर मतगणना गर्न लागिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए । यसअघि मतगणना निकै ढिला भएको भन्दै सवत्र आलोचना भइरहेको बेला स्थान बढाएसँगै अब परिणाम छिटो आउने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप