भरतपुरको २ नम्बर वडाको गणना सकियो, एमाले विजयी
बुधबार, ०३ जेठ २०७४, १६ : ४७
चितवन, जेठ ३– चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर २ को मतगणना सकिएको छ ।
२ नम्बरको वडाध्यक्षमा एमालेका उम्मेदवार पूर्णबहादुर श्रेष्ठसहित सिंगो प्यानल नै विजयी भएका छन् । श्रेष्ठ १ हजार ९ सय २६ मत प्राप्त गरी विजयी भए । कांग्रेसका वडाध्यक्षका उम्मेदवार चामुनारायणले १३ सय ५४ मत प्राप्त गरे ।
श्रेष्ठले फराकिलो अन्तरले कांग्रेसलाई पराजित गरेपछि एमालेले निकै खुशीयाली मनाएको छ । एमालेले विजय र्याली निकालेको छ । कांग्रेसका चामुनारायण श्रेष्ठले पूर्णबहादुर भन्दा ५७२ मत कम पाए ।
यसअघि मंगलबार सम्पन्न १ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
भरतपुर महानगरको प्रमुखमा कांग्रेस र माओवादी गठबन्धनमा माओवादी केन्द्र अध्यक्ष प्रचण्डपुत्री रेणु दाहालको उम्मेदवारी भएकाले निकै चर्चाको विषय बनेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण