यस्तो छ डोल्पामा निर्वाचित एमाले मेयरको प्राथामिकता
डोल्पा जेठ ३ – भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा बहुमत पदमा बिजय हाँसिल गरेको नेकपा एमालेले डोल्पामा बिकासको क्रान्ति गर्ने बताएको छ ।
एमालेले डोल्पाका दुई नगरपालिका र छ वटा स्थानीय तहमा ५४ पदमा बिजयी हाँसिल गरेको छ ।
बिजय हाँसिल गरेको उपलक्ष्यमा बुधबार त्रिपुरा सुन्दरी नगरपालिकाको त्रिपुराकोट बगरमा आयोजित बिजय सभालाई संबोधन गर्दै निर्वाचित एमालेका मेयर तथा उप मेयरहरुले यसो भनेका हुन् ।
त्रिपुरा सुन्दरी नगरपालिकाका नव निर्वाचित मेयर ओमबहादुर बुढाले आफु पञ्चायतकाल देखि बहुदलीय ब्यबस्था हुँदै गणतान्त्रिक व्यबस्थामा समेत मेयरजस्तो महत्वपुर्ण पद्मा बिजयी भएकाले यहाँका नागरिकहरुको जीवनस्तर माथि उकास्ने खालका कार्यक्रमहरु ल्याउने बताए ।
जनतामा आर्थिक समृदी ल्याउनको लागि उद्योग धन्दा तथा व्यबसायलाई बडवा दिनुपर्ने मेयर बुढाले बताए ।
साथै यस नगरपालिका रहेका नाङ्गा डाँडापाखाहरुमा बृक्षारोपण गर्ने,खाली जमिनहरुमा जडीबुटी खेती गर्ने तथा बिकासको मुख्य पुर्वाधारको रुपमा रहेको सडक यातायातको पहुँच गाँउ गाँउमा पु¥याउन लागि पर्ने मेयर बुढाको भनाई छ ।
त्यस्तै ठुलीभेरी नगरपलिकाको मेयरमा बिजयी भएका एमालेका गणेश बहादुर शाहीले डोल्पामा सर्वप्रथम शिक्षा,स्वास्थ्य र युवा रोजगारको बिकास गर्ने बताए ।
त्यस्तै त्रिपुरा सुन्दरी नगरपालिका बाट भारी मतान्तरले मतले बिजयी भएकी एमालेकी उप मेयर चन्द्रा कुमारी बुढाले दुर्गमका महिलाहरुको आर्थिक उन्नती र शसक्तिकरणका लागि पहिलो कार्यहुने बताइन् ।
उक्त कार्यक्रममा बोल्दै नेकपा एमालेका सांसद धन बहादुर बुढाले डोल्पामा एमालेको जनलहर आएको र यो जनलहरलाई कसैले चाहेर पनि रोक्न नसक्ने बताए भने जनताको मतको कदर गर्दै नेकपा एमालेले डोल्पाका गाँउ–गाँउमा सडक जोड्ने कार्यलाई पहिलो प्राथामिकता मा राख्ने बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण