आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

सलमानले प्रेमिकाका लागि ३० करोडको घर किन्दै

बुधबार, ०३ जेठ २०७४, १६ : ५७
बुधबार, ०३ जेठ २०७४

एजेन्सी

जेठ ३ – सलमान खान कति दयालु छन् भन्ने कुरा धेरैलाई थाहा भइसक्यो । उपहार दिनमा उनी कोही भन्दा कम छैनन्  । अब खबर छ कि सलमान खान आफ्नी कथित प्रेमिका यूलिया वन्तुरका लागि घर किन्न चाहन्छन् ।

याद गर्नुपर्ने कुरा के छ भने सलमान खान यूलियाका लागि मुम्बईको बान्द्रा इलाकामा ग्यालेक्सी अपार्टमेन्ट नजिकैको घर हेरिरहेका छन् । सलमान आफ्ना आमा–बुवासँग यही इलाकामा बस्ने गर्दछन् । यसका लागि सलमानले अहिलेसम्म थुप्रै फ्ल्याट हेरिसकेको तर कुन किन्ने भन्ने बारे निर्णय लिइनसकेको बताइएको छ ।

३० करोडसम्म हुनेछ फ्ल्याटको मूल्यः

सलमानले मुम्बईको सबैभन्दा महँगो एरियामा यूलियाका लागि फ्ल्याट खोज्दैछन् । यहाँ १५ सय स्क्वायर फिटको फ्ल्याटको मूल्य २५ देखि ३० करोड पर्छ ।

सलमानको परिवारसँग नजिक छिन् यूलियाः

रोमानिया निवासी यूलियाको धेरैजसो समय मुम्बईमा बित्छ । सलमानसँगको उनको सम्बन्धबारे निकै चर्चा हुने गर्दछ तर यसबारे उनीहरु दुबैले केही बोलेका छैनन । केहि समय अघि यूलिया खान परिवारसँग माल्दिभ्स पनि गएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप