आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

मधेसमा चुनावको वातावरण बनाउन राजपाको देउवालाई आग्रह

बुधबार, ०३ जेठ २०७४, १७ : १५
बुधबार, ०३ जेठ २०७४

काठमाडौँ, जेठ ३ – राष्ट्रिय जनता पार्टी, नेपालका शीर्ष नेताहरुले बुधबार काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर तराई–मधेसमा निर्वाचनको वातावरण बनाउन आग्रह गरेको छ ।

नेपाली काँङ्ग्रेसको संसदीय दलको कार्यालयमा भएको छलफलमा राजपाका नेताहरुले सहमति अनुसार संविधान संशोधनलगायतका प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन् ।

बैठकबारे जानकारी दिँदै राजपाको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘दोस्रो चरणको निर्वाचन आइरहेको छ । त्यसको लागि जस्तो वातावरण बनाउनुपर्ने त्यो भइएको छैन । त्यसको लागि ध्यानाकर्षण गर्न हामीले यो गठबन्धनको प्रमुख घटकसँग छलफल गरेका हौँ ।’

महतोले मधेसमा निर्वाचनको वातावरण बनाउन सहमति अनुसार संविधान संशोधन गर्न, झापादेखि कञ्चनपुरसम्म चारवटा प्रदेशमा स्थानिय तहको संख्या थप्न र मुद्दा फिर्ता लगायतका सहमति पालना गर्न आफूहरुले जोड दिएको बताए ।

जवाफमा काङग्रेस सभापति देउवाले आफूहरु संविधान संशोधन लगायतका माग पूरा गराउन गम्भिर रहेको बताउँदै त्यसमा शंका नगर्न आग्रह गरेका थिए । साथै, सभापति देउवाले सरकारले संविधान संशोधन गर्ने बताउँदै राजपाका नेताहरुलाई चुनावको तयारीमा जुट्न आग्रहसमेत गरेका थिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काङ्ग्रेस नेता नेता रामचन्द्र जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मधेसी दलको पनि सहभागिताका लागि वातावरण कसरी बनाउने भन्ने विषयमा छलफल भएको जानकारी छ ।

आजको बैठकमा राजपाले पूरानै मागहरु दोहोराएको बताउँदै नेता पौडेलले सरकार मोर्चाको मागहरु सम्बोधन गर्न प्रयासरत रहेको बताए ।

राजपाका नेताहरुले आजको बैठकमा पार्टीलाई चुनाव चिन्ह मिलाउने वातावरण बनाउन अग्रह समेत गरेको जानकारी दिँदै नेता पौडेलले यसबारे निर्वाचन आयोगसँग कुरा हुने पनि जानकारी दिए ।

संविधान संशोधनको विषयमा राप्रपाका नेताहरुसँग काँग्रेस र माओवादीले छलफल गर्ने पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप