आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

निर्वाचन परिणामबारे एमाले स्थायी कमिटी बैठकमा चर्चा

बुधबार, ०३ जेठ २०७४, १७ : २६
बुधबार, ०३ जेठ २०७४
काठमाडौं, जेठ ३– नेकपा एमाले स्थायी कमिटी उपाध्यक्ष बामदेव गौतम निवास भैंसेपाटीमा बसेको छ । बुधबार दिउँसो बसेको उक्त बैठकमा गत आइतबार सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचन परिणामबारे चर्चा भएको एमालेले बताएको छ । बैठकले प्रारम्भिक मतपरिणामप्रति सन्तोष व्यक्त गर्दै निर्वाचन सफल बनाउन सक्रिय नेता कार्यकर्ताप्रति धन्यवाद प्रकट गर्दै एमालेलाई मत दिने मतदाताप्रति अाभार व्यक्त गरिएकाे   एमाले कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए । बैठकले आगामी जेठ ३१ गतेको हुने दोस्रो चरणको निर्वाचनमा पनि एमालेलाई मत दिन आग्रह गरेको बताए । बैठकले एमालेकै सक्रियता र पहलमा स्थानीय तहको निर्वाचन सम्भव भएको समेत दाबी गरेको छ । यसैबीच आजको बैठकमा भोलि बस्ने व्यवस्थापिका संसदको बैठकबारे समेत छलफल भएको छ । बैठकले संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित गर्न नदिने भन्दै सरकार जुन रुपमा प्रस्तुत हुन्छ पार्टीपनि सोहि अनुसार प्रस्तुत हुने निर्णय गरिएको श्रेष्ठले बताए । फाइल तस्बिर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप