परासीमा प्रेसर कुकर बम सेनाद्वारा निस्क्रिय
बुधबार, ०३ जेठ २०७४, १७ : ४३
नवलपरासी, ३ जेठ । सदरमुकाम परासीमा आज फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निस्क्रिय पारेको छ ।
परासीस्थित निर्माण व्यवसायी सङ्घको ढोका नजिक फेला पारिएको प्रेसर कुकर बमलाई बज्रदल गण परासीबाट उपसेनानीको कमाण्डमा खटिएको टोलीले निस्क्रिय पारेको हो । बम कसले र किन राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण