आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

वडाअध्यक्षबाट वैद्य माओवादीले खाता खोले

बुधबार, ०३ जेठ २०७४, १७ : ४३
बुधबार, ०३ जेठ २०७४
काठमाडौं, जेठ ३– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले अहिलेसम्म दुई वटा वडामा जित हात पारेको छ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ४ र बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ३ मा वैद्य माओवादीका उम्मेदवार विजयी भएका छन् । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ४ को वडा वडाध्यक्षमा वैद्य माओवादीका तेजबहादुर राना विजयी भएका हुन् । रोशी गाउँपालिका ४ को महिला सदस्य सदस्यमा वैद्य माओवादीकै गोपीमायाँ थापा विजयी भएकी छन् । यस्तै, बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं. ३ मा पनि वैद्य माओवादीका हेमेन्द्र घर्तीमगर विजयी भएका छन् । दोस्रो संविधानसभाको चुनाव बहिष्कार गरेको वैद्य माओवादी ‘क्रान्तिकारी उपयोग’ भन्दै देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट स्थानीय तहको चुनावमा भाग लिएको थियो । मोर्चाले दलको मान्यता नपाए पनि स्वतन्त्र चिन्ह लिएर उनीहरु निर्वाचनमा होमिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप