आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

पनौती– ४ र ५ मा एमाले विजयी

बुधबार, ०३ जेठ २०७४, १७ : ५१
बुधबार, ०३ जेठ २०७४

काभ्रे, ३ जेठ । पनौती नगरपालिका– ४ र ५ मा नेकपा ९एमाले० विजयी भएको छ ।

सो नगरपालिका– ४ को वडाध्यक्षमा एमालेका बुद्धिसिंह थापा ९९४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कुमार हुमागाईंले ९६५ मत प्राप्त गर्नुभयो ।

सोही नगरपालिका– ५ को वडाध्यक्षमा एमालेकै श्रीधर पाध्य कुँइकेल ७९५ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका श्रीराम थापाले ६३३ मत प्राप्त गरे।

यस्तै पनौती– ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका सुधीर सापकोटा ४६७ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमप्रसाद आचार्यले ३५१ मत प्राप्त गरे ।

पाँचखाल नगरपालिका– ७ को वडाध्यक्षमा एमालेका कृष्ण ढकाल ४१२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रामकृष्ण दङ्गालले ४०५ मत प्राप्त गरे ।

यसैगरी मण्डन देउपुर नगरपालिका– ३ को वडाध्यक्षमा एमालेका दिलबहादुर तामाङ ६५१ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुरुषोत्तम बजगाईंले ५३५ मत प्राप्त गरे ।

सोही नगरपालिका– ४ को वडाध्यक्षमा एमालेकै भुवनप्रसाद बजगाईं ५३० मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रेवतीप्रसाद तिमल्सिना ले१९३ मत प्राप्त गरे । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप