आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

महाभियोग फिर्ता लिन गोविन्द केसीको अल्टिमेटम

बुधबार, ०३ जेठ २०७४, १७ : ५७
बुधबार, ०३ जेठ २०७४
काठमाडौं, जेठ ३–प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग फिर्ता तथा पछिल्ला सम्झौता कार्यान्वयनका लागि सरकारलाई जेठ १० गते सम्मको अल्टिमेटम दिएका छन् । चिकित्सा शास्त्र क्षेत्रमा देखिएको अनियमितता र भ्रष्टाचार विरुद्ध निरन्तर दबाब दिदै आएका डाक्टर केसीले जेठ ९ गते भित्र आफ्ना माग पुरा गर्न सरकारलाई अल्टिमेटम दिएका हुन् । बुधबार त्रिवि शिक्षण अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दे डाक्टर केसीले विगतमा भएका सम्झौता कार्यान्वयनको साथै प्रधानन्यायाधीश कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता नलिए जेठ १० गते देखि पुन सत्याग्रह आन्दोलनमा उत्रने चेतावनी दिए । मुलुकमा सुशासनको सुनिश्चिता गर्ने दायित्व बोकेका राजनीतिक दल, नेता र व्यवस्थापिका र कार्यपालिकाका प्रतिनिधिहरु भ्रष्टाचार र लुटतन्त्रमा लागेको भन्दै डाक्टर केसीले अबको सत्याग्रह न्यायलयभित्र हुनलागेको राजनीतिक हस्तक्षेप विरुद्ध हुने स्पष्ट पारे । डाक्टर केसीले व्यवस्थापिका र कार्यपालिका मिलेर न्यायपालिकामाथि प्रहार गर्ने काम भएको भन्दै त्यसलाई समयमै नरोक्ने हो भने मुुलुक चरम दण्डहिनता र अराजकतामा धकेलिने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप