बाग्लुङ ताराखोलामा माओवादी विजयी
बुधबार, ०३ जेठ २०७४, १८ : ०१
बागलुङ, जेठ ३ – ताराखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसहित सबै पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार ठूलो मतअन्तरका साथ विजयी भएका छन् ।
माओवादी केन्द्रका प्रकाश घर्तीमगर तीन हजार ३५० मतसहित अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डण्डपाणी कँडेलले ९५६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपाध्यक्षमा पनि तीन हजार ३१५ मत ल्याएर माओवादीकै दीलकुमारी रोका विजयी हुनुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चन्द्रकला पुनले ८४४ मत प्राप्त गर्नुभयो ।
ताराखोला गाउँपालिकाका पाँच वटै वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् । वडा नं १ को अध्यक्षमा यामबहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा दिलबहादुर बस्नेत, ४ मा जितबहादुर खत्री र ५ मा रामबहादुर रोकासहित माओवादी केन्द्रको प्यानलनै विजयी बनेको हो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको रोमाञ्चक दौड : एमबाप्पे बने सर्वाधिक गोलकर्ता, मेसीलाई अझै अवसर
-
जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिइने
-
आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने
-
आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
-
झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण