आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

रसुवाको पार्वतीकुण्डमा नयाँ शक्तिले खाता खोल्यो

बुधबार, ०३ जेठ २०७४, १८ : ०५
बुधबार, ०३ जेठ २०७४
रसुवा, ३ जेठ । पार्वतीकुण्ड गाउँपालिकाको अध्यक्षमा नयाँ शक्ति पार्टी नेपालका भुजुङ तामाङ विजयी हुनुभएको छ । उहाँले ९६४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार ल्हाक्पा गोम्बु तामाङले ६४३ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा ६६५ मत प्राप्त गरी एमालेकी नवीना तामाङ विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिका सङ्गीता तामाङले ६६३ मत प्राप्त गर्नुभयो । रसुवाको पाँच गाउँपालिकाको सबै मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप